
काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका नव नियुक्त अध्यक्ष चन्द्र बहादुर केसीलाई राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले स्वागत गरेको छ । मंगलबार समितिको सचिवालय खानेपानी तथा ढल व्यवस्थापन विभागमा आयोजना गरिएको कार्यक्रममा उहाँलाई फूलको गुच्छा र खादाले स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा विकास साझेदार संघसंस्था, दातृ निकाय र राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य संघसंस्थाका पदाधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।
समितिको बैठकले खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाहरुलाई जेठभित्रै खुलादिसामुक्त घोषणा गर्ने निर्णय गरेको छ । बैठकले वटा जिल्लालाई चुनौतीपूर्ण जिल्लाको सूचीमा राखेर सबै शक्ति केन्द्रित गर्ने निर्णय गरेको अनुगमन कार्यदलका सदस्य मुक्ति पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बारा, पर्सा, धनुषा, महोत्तरी र कपिलबस्तुलाई चुनौतीपूर्ण जिल्लाको सूचीमा राखेर थप शक्ति परिचालन गर्ने भएको छ । अहिलेसम्म ६४ जिल्ला खुला दिसामुक्त घोषणा भईसकेका छन् । खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाका करिब ३७ हजार घरमा शौचालय निर्माण गर्न बाँकी छ ।
यस्तै सत प्रतिशत घरधुरीमा चर्पी निर्माण सम्पन्न भएर पनि विभिन्न कारणले खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लालाई पनि चाँडै खुला दिसामुक्त घोषणा गर्न पहल गर्ने र जेठ महिनाभित्र सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गरी असार महिनाभित्र राष्ट्रलाई नै खुला दिसामुक्त घोषणा गर्ने बैठकले निर्णय गरेको छ ।
सरकारले यसअघि नै असार मसान्तभित्र आधारभूत सरसफाइ सुविधा पु-याई आगामी आर्थिक बर्षदेखि पूर्ण सरसफाइलाई अभियानकै रुपमा अगाडि बढाउने निर्णय गरिसकेको छ ।



1137 पटक हेरिएको 

