काठमाडौ : खानेपानी मन्त्रालय अन्तर्गत प्रशासन महाशाखा, योजना अनुगमन तथा वैदेशिक सहयोग महाशाखा र खानेपानी तथा वातावरण महाशाखा गरी तीन वटा महाशाखा छन् ।
प्रशासन महाशाखा अन्तर्गत चार वटा शाखा, योजना अनुगमन तथा वैदेशिक सहयोग महाशाखा अन्तर्गत दुई वटा शाखा र खानेपानी तथा वातावरण महाशाखा अन्तर्गत चार वटा शाखा छन् । खानेपानी शाखा, वातावरण तथा विपद व्यवस्थापन शाखा, सरसफाइ तथा ढल शाखा र क्षेत्रगत समन्वय तथा क्षमता अभिबृद्धि शाखा, खानेपानी तथा वातावरण महाशाखा अन्तर्गत पर्ने शाखाहरु हुन् ।
खानेपानी तथा वातावरण महाशाखा अन्तर्गतको सरसफाइ तथा ढल शाखाले गर्ने कामका बिषयमा जानकारी राखौं ।
— सरसफाइ सम्बन्धी नीति तर्जुमा तथा नीति कार्यान्वयन पक्षको अनुगमन गर्ने ।
— सम्बन्धित महाशाखासँग सम्पर्क र समन्वय गरी दातृसंस्थाहरुको सहयोगबाट सञ्चालन हुने सरसफाइ सम्बन्धी आयोजनाहरुको तर्जुमा, अध्ययन, समीक्षा र स्वीकृत गराउने ।
— द्धिपक्षीय तथा बहुपक्षीय अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई सरसफाइ कार्यक्रम तर्जुमा, अनुगमन र मूल्याङ्कन गर्न प्राविधिक टेवा पु-याउने काममा सहयोग पु-याउने ।
— जनताको सरसफाइ सम्बन्धी आवश्यकता परिपूर्ति गर्न योजनावद्ध रुपमा अल्पकालिन तथा दीर्घकालिन कार्यक्रम तर्जुमा गर्न र यस सँग सम्बन्धित निकाय र तिनीहरुका कार्यक्रम वीच समन्वय कायम गराउने ।
— सहरी तथा ग्रामीण क्षेत्रहरुमा वर्षाती तथा गार्हस्थ ढल निकाय (सडक सतहको ढल वाहेक) व्यवस्थापन तथा वातावरणीय सरसफाइ आयोजनाहरुबाट लाभान्वित जनसंख्या भएका उपलब्धीहरु र उपलब्ध सेवाको स्तर (गुणात्मक तथा परिमाणात्मक) तथा अन्य व्यवस्थापकीय सूचनाहरुको संकलन गर्ने, विश्लेषण गर्ने तथा प्राप्त परिणाम कार्यान्वयन निकायहरुलाई उपलब्ध गराउने ।
— ढल निकास तथा सरसफाइ आयोजनाहरु कार्यान्वयन गर्दा वातावरणमा पर्ने अनुकुल तथा प्रतिकुल प्रभावको विश्लेषण गर्ने/ गराउने तथा प्रतिकुल प्रभावलाई न्यूनिकरण गर्न उपयुक्त प्रविधिको पहिचान अनुसन्धान अध्ययन र प्रयोग गर्ने गराउन कार्यान्वयन निकायहरुलाई मार्गदर्शन गर्ने ।


2219 पटक हेरिएको 

