नायिका करिस्मा मानन्धर गोदावरी खोला सरसफाइ अभियानमा

🔗
2
Shares

 

ललितपुर : ललितपुरको गोदावरी खोला सरसफाइ अभियानमा नायिका करिस्मा मानन्धर पनि सहभागी हुनुभएको छ । साप्ताहिक सरसफाइ कार्यक्रम अन्तर्गत गोदावरी नहरक्षेत्रमा भएको सरसफाइमा नायिका करिस्मा मानन्धरले केही सफाइ गर्नुका साथै उत्प्रेरणामूलक भनाई समेत प्रस्तुत गर्नुभयो ।

गोदावरी नहर क्षेत्र सफाइबाट ३ टन भन्दा बढी फोहोर उठाइएको र संकलित फोहोर नेप्को नेपालले व्यवस्थापन गरेको गोदावरी खोलाक्षेत्र सरसफाइ अभियानकी संयोजक बेबी राजभण्डारी थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरसफाइ कार्यक्रममा उद्यमशील महिला सहकारी, अन्नपूर्ण महिला सहकारी, सन्तानेशोर नौधारा सहकारी, रेडक्रस गोदामचौर, क्षितिज स्कुल हरिसिद्धी, रेडवन स्कुल गोदामचौर, किटिनी स्कुल टौखेल, प्रहरी प्रभाग गोदावरी, स्वयंसेविका टिम गोदावरी गरी करिब २ सय जनाको सहभागिता थियो ।

यसअघि गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले सरसफाइमा जनसहभागिता बढाउन र फोहोरमैला व्यवस्थापनको महत्वबारे जानकारी गराउने उद्देश्यले ब्लु बर्ड स्कुल ठैबमा विद्यालय स्तरीय जनचेतनामूलक कार्यक्रम समेत गरेको थियो ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार