महिनावारी सम्बन्धी यी कुराहरु तपाईलाई कतिको थाहा छ ?

महिनावारी के हो ?

महिनावारी प्रत्येक महिनामा हुने यस्तो प्राकृतिक प्रक्रिया हो जसमा हर्मोनको प्रभावको कारणले डिम्बासयबाट डिम्ब निष्कासन भएपछि बिस्तारै बाक्लो हुँदै गएको पाठेघरको भित्री तह तुहिएर योनीबाट रगत बग्छ ।
महिनावारी सम्बन्धी आफ्नो अवस्था बारे जानकारी लिनुपर्छ

जस्तै :

 महिनाको कति औं दिनमा महिनावारी हुने गरेको छ पहिचान गर्ने ।

 रक्तश्राव कति दिन सम्म हुने गरेको छ यकिन गर्ने ।

 रक्तश्राव हुने प्रक्रिया कस्तो छ पहिचान गर्ने ।

 रक्तश्राव कति दिन सम्म हुने गरेको छ यकिन गर्ने ।

 रक्तश्राव हुने प्रक्रिया कस्तो छ पहिचान गर्ने ।

 

महिनावारी भएको बेला विद्यालय किन जाने ?

 

 बालबालिकाले आधारभूत शिक्षा प्राप्त गर्ने ठाउँ भनेको विद्यालय नै हो ।

 महिनावारी फरक दिन होइन, यो प्रत्येक महिनामा हुने नियमित एवं सामान्य प्रक्रिया हो ।

 यस्तो बेला विद्यालय गएर साथीसँगीहरु, अनुभवी शिक्ष शिक्षिकासँग खुलेर कुराकानी र सल्लाह गर्नाले डर, मानसिक तनाव तथा चिन्ता हटाउन मद्दत पुग्छ ।

 महिनावारी भएको बेला विद्यालय नगएमा एक बर्षमा कम्तीमा ५० दिन कक्षा अनुपस्थित भईने हुँदा यो बेला विद्यालय नजाँदा दैनिक पढाई र अतिरिक्त क्रियाकलापमा पछि परिनुको साथै आत्मसम्मानमा असर पर्न जान्छ ।

महिनावारी भएको बेला ध्यान दिनुपर्ने कुराहरु : 

 खानपानमा ध्यान दिनुपर्ने कुरा 

 खानपानमा विशेष ध्यान दिनुपर्छ ।

 हरियो सागपात, फलफूल तथा झोलिलो खाना प्रशस्त मात्रामा खानुपर्छ ।

 चिल्लो, पिरो तथा बाहिर बजारको तयारी खाना खानु हुँदैन ।

व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने कुरा

 साबुन पानीले राम्रो सँग शरिरका सबै भागहरु सफा गर्नुपर्छ ।

 सफा नरम कपडा वा स्यानिटरी प्याड प्रयोग गर्नुपर्छ ।

 कपडा वा स्यानिटरी प्याड कम्तीमा ४ – ४ घण्टामा फेर्नुपर्छ । प्रयोग गरेको कपडा (टालो) राम्ररी साबुन पानीले सफा गरी घाममा सुकाउनुपर्छ ।

महिनावारी भएको बेला गर्नुपर्ने व्यवहार ।

 महिनावारी भएको समयमा किशोरी तथा महिलाहरुलाई छुट्टै वा एक्लै राख्न हुँदैन । यसो गर्नाले उनीहरु माथि यौनजन्य हिंसा बिषालु किरा वा सर्पको टोकाई तथा संक्रमणको सम्भावना बढी भई ज्यान समेत जान सक्छ ।

 महिनावारी भएको समयमा किशोरी तथा महिलाहरुलाई आफू बसिरहकै स्थान अथवा सफा र घाम लाग्ने ठाउँमा बस्ने वातावरण बनाउनुपर्दछ ।

 

योग, व्यायम तथा हेरचाह

 नियमित योग तथा व्यायाम गर्नु राम्रो हुन्छ

 यसले डर तनाव कम गर्न मद्दत गर्छ ।

 महिनावारी भएको समयमा सामान्य पेट दुखेमा रबरको थैलीमा तातो पानी राखेर सेक्नुपर्छ तर अत्यधिक बढी रगत बगेमा वा पेट दुखेमा नजिकैको स्वास्थ्य संस्थामा जचाउन जानुपर्छ ।

महिनावारीका बेला गर्न नहुने कुराहरु

 महिनावारी सार्ने औषधी सेवन गर्नुहुँदैन ।

 यौन अंगको भित्री भागमा साबुन लगाउनु हुँदैन ।

 पुरानो, ढुसी परेको र मैलो कपडा प्रयोग गर्नाले संक्रमण हुनसक्छ ।

 रगत सफा गर्दा मलद्धार बाट योनी सफा गरे संक्रमण हुने सम्भावना बढ्न सक्छ । त्यसैले रगत सफा गर्दा योनीबाट मलद्धारा सम्म गर्नुपर्छ ।

 प्रयोग गरेको स्यानिटरी प्याडलाई फेरी प्रयोग गर्नुहुँदैन ।

युके एड, ग्लोबन एक्सन नेपाल, आसमान नेपाल र भीएसओ ले निर्माण गरेको सुचना, शैक्षिक तथा सञ्चार सामग्रीबाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार