सुदूरपश्चिम प्रदेश वास क्लस्टरमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि छलफल

🔗
7
Shares


सुदूरपश्चिम : विश्वव्यापी रुपमा महामारीको रुपमा फेलिईरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका बिषयमा सुदूरपश्चिम प्रदेश वास क्लस्टरमा छलफल भएको छ । सुदूरपश्चिम प्रदेशमा भारतबाट धेरै व्यक्तिहरु भित्रिरहेको, क्वारेन्टिनमा व्यक्तिहरुको उच्च चाप तथा सरसफाइको अवस्था निकै कमजोर भई संक्रमण झनै बढ्ने सम्भावना भएकाले त्यस क्षेत्रको मूल्याड्ढन र प्रबद्र्धनको आवश्यक अन्तर्क्रिया र आवश्यक सामग्रीहरुको व्यवस्थाको लागि छलफल गरिएको हो ।

बैठकमा सवै सहभागीहरुले आफ्नो व्यक्तिगत तथा संस्थागत क्षेत्रबाट कार्य क्षेत्रमा सहयोग भइरहेको र थप सहयोग तथा सहजीकरणको लागि योजनाहरु बनाईरहेको बिषयमा जानकारी गराएको यूएन ह्याबिट्याटका बाजुरा जिल्ला संयोजक ताराबाबु खातीले जानकारी दिनुभयो ।
बैठकमा क्वारेन्टिनमा मानिसहरुको उच्च चाप हुने क्षेत्रमा आवश्यक सामाग्रीहरु सरसफाइ किट तथा सामग्रीहरु, सुधारिएको हात धुने स्थान, सरसफाइ गर्नेहरुका लागि सरसफाइ तालिम तथा अन्य विषयवस्तुमा पहल हुनुपर्नेमा जोड दिइएको थियो ।

सुदूरपश्चिम प्रदेश वास क्लस्टरको यो दोस्रो बैठक हो । बैठकमा अघिल्ला वैठकको समीक्षा, प्रगति जानकारी, स्रोत मापन, साप्ताहिक 4W, अद्यावधिक, राष्ट्रिय WASH Cluster को लागि प्रस्तुतीकरण, समसामयिक अवस्थाका चुनौतिहरु तथा अन्य मूद्दाहरुका बिषयमा समेत छलफल भएको जिल्ला संयोजक खातीले जानकारी दिनुभयो ।

बैठकमा विभिन्न जिल्लाका सरसफाइ (WSSDO)  डिभिजन प्रमुख, यूएन ह्याविटाट नेपाल, युनिसेफ नेपाल, RVWRMP, नेपाल रेडक्रस सोसाइटी, वर्ल्ड भिजन, UNDP, सुआहारा, निड्स नेपालका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । अब देखि सुदूर पश्चिम प्रदेशको WASH cluster को वैठक जूम एपको माध्यमवाट हरेक हप्ताको सोमबार राख्ने निर्णय गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार