अब निजी मेडिकल कलेजहरूमा पनि आइसोलेसन सेन्टर बनाईने

🔗
8
Shares

काठमाडौ : सरकारले निजी मेडिकल कलेजहरुमा समेत आइसोलेसन सेन्टर बनाउने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिको पछिल्लो बैठकले प्रदेशहरुमा सञ्चालित मेडिकल कलेज र सरकारी आवासीय भवनमा आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो । त्यहाँ राखिने संक्रमितहरुको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्नेछ । साथै सेवा शुल्क पनि तोक्ने सीसीएमसीले निर्णय गरेको छ ।

मेडिकल कलेज तथा सरकारी आवासीय भवनमा नभएका स्थानमा हालका क्वारेन्टिन स्थलहरुलाई नै आइसोलेसन सेन्टर बनाउने निर्णय भएको छ । यसका लागि आवश्यक बजेट प्रदेश र जिल्ला स्तरीय सीसीएमसीलाई दिइनेछ । पूर्वाधार नभएका जिल्लाहरुमा सम्भावित संक्रमित आंकलन गरेर पनि आइसोलेसन सेन्टर बनाइने भएको छ । संक्रमितहरुलाई निगरानी प्रणाली सहित स्वच्छिक रुपमा होम आइसोलेसनमा व्यवस्थापन गर्ने योजना बनाउने पनि निर्णय पगरिएको छ ।

सीसीएमसीले क्वारेन्टिन स्थलको बेड क्षमता भन्दा बढी मानिस नराख्न निर्देशन दिएको छ । बढी भएकाहरुलाई जिल्लाकै अर्को क्वारेन्टिनमा लैजान र छिटो परीक्षण गरेर होम क्वारेन्टिनमा पठाउन जिल्ला स्तरीय सीसीएमसीलाई निर्देशन दिएको हो ।

बैठकले कोरोना रोकथाम तथा उपचारमा तीनै तहको सरकारबाट भएको निकासा र खर्चको मासिक फाँटवारी महालेखा नियन्त्रक कार्यालयले संकलन गर्ने निर्णय गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार