काठमाडौ महानगरपालिकाको नीति तथा कार्यक्रम : रिचार्ज काठमाडौंलाई निरन्तरता दिने

🔗
14
Shares

काठमाडौ : काठमाडौं महानगरपालिकाले रिचार्ज काठमाडौं अभियानलाई निरन्तरता दिने भएको छ । महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा समूदायको पहलमा स्थानीयस्तरमा खानेपानीको वितरण, आकाशेपानी संकलन तथा पानी पुनर्भरण गर्ने कार्यलाई विशेष प्राथमिकता दिने, उक्त कार्यको लागि सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाहरुसँग समन्वय गरी आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्ने उल्लेख गरिएको हो ।

जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रबद्र्धन, आवागमन ब्यबस्थापन सँगै कौशी खेती तथा कौशी बगैंचाको लागि प्रोत्साहन कार्यक्रम समेत समावेश गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कोभिड–१९ प्रतिकार्य योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागु गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यका व्यापी रुपमा कार्यान्वयनमा लैजान पहल गरिने समेत उल्लेख गरेको छ ।

रिचार्ज काठमाडौंलाई निरन्तरता दिईने

समूदायको पहलमा स्थानीयस्तरमा खानेपानीको वितरण, आकाशेपानी संकलन तथा पानी पुनर्भरण गर्ने कार्यलाई विशेष प्राथमिकता दिने, उक्त कार्यको लागि सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाहरुसँग समन्वय गरी आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्ने, रिचार्ज काठमाडौं अभियानलाई निरन्तरता दिने जस्ता कुरालाई पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

‘सार्वजनिक शौचालय निर्माण, सञ्चालन तथा ब्यबस्थापन निर्देशिका कार्यान्वयनमा ल्याइनेछ । हाल सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरुको मर्मत सम्भार, स्तरोन्नति गर्ने कार्यको सुरुआत गरिनेछ । यसै आर्थिक वर्षभित्र निजी क्षेत्र समेतको सहभागितामा प्रत्येक वडामा कम्तिमा दुई वटा सार्वजनिक शौचालय वडा कार्यालय मार्पmत निर्माण तथा सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ । सर्वसाधारणलाई सार्वजनिक शौचालयमा पहुँच बृद्धि गर्न रेष्टुरेन्ट, सपिङ्ग मल, पेट्रोल पम्प, अस्पताल, सार्वजनिक संस्थाहरुका शौचालयहरुसमेत प्रयोग गर्न सक्ने ब्यबस्थाका लागि सम्बन्धित निकायसँग सहकार्य पनि उल्लेख गरिएको छ ।

ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण पोखरी, मन्दिर, ढुंगेधारा, बहाः बही लगायतका साँस्कृतिक सम्पदा क्षेत्र तथा सम्पदा मार्गहरुको बृहत्तर विकास योजना बनाई क्रमबद्ध कार्यान्वयन गर्ने, विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रभित्रको भण्डारखाल परिसरको संरक्षण, सम्वद्र्धन र व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषसँग आवश्यक सहकार्य गरिनेछ, हाँडीगाउँको लिच्छवीकालिन सभ्यताबारे थप विस्तृत अध्ययन अनुसन्धान गर्ने, काठमाडौंको ऐतिहासिक तथा साँस्कृतिक सेतो मच्छिन्द्रनाथको जात्राबारे विस्तृत अनुसन्धान गरी दस्तावेज प्रकाशन गर्ने जस्ता नीति पनि महानगरपालिकाले लिएको छ । ‘काठमाडौं महानगरको इतिहास, संस्कृति, मौलिक परम्परा समेटी तस्बीर, चित्रकथा, श्रव्यदृश्य सामाग्री निर्माण गरिनेछ । साथै विभिन्न स्थानहरुमा कलात्मक मूर्ति प्रतिस्थापन तथा भित्ते चित्र राखिनेछ,’ नीति तथा कार्यक्रममै उल्लेख छ ।

कौशी खेतीलाई प्रोत्साहन गरिने

शहरी फलफुल खेती, कौशी खेती, माटो विनाको खेती प्रविधिको विकास गर्ने र यस कार्यलाई समुदाय सहभागी लक्षित हुने नीति पनि महानगरपालिकाले लिएको छ । ‘सरकारी, अर्धसरकारी, निजी ठूला भवन, सपिङ्ग कम्प्लेक्स, अपार्टमेन्ट आदिमा कौशी खेती तथा कौशी बगैंचाको लागि प्रोत्साहन गरिनेछ । उत्पादित तरकारी, फुल बिरुवा महानगरले खरिद तथा बिक्रि वितरणमा सहजीकरण गर्ने ब्यबस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘ब्यक्ति,समूहतथा सहकारीले उत्पादन गरेका तरकारीहरु बिक्री वितरण तथा आपूर्ति ब्यबस्था सहजताको लागि प्रत्येक वडामा निश्चित समयको लागि तरकारी तथा घरेलु उत्पादन बजारको ब्यबस्था गरिनेछ, जसको सञ्चालन स्थानीय समुदायले गर्नेछन् ।’

वातावरण तथा फोहोरमैला ब्यबस्थापन

नीति तथा कार्यक्रममा ‘स्वच्छ हावा, स्वस्थ जीवन’ लाई साकार पार्न वायु प्रदुषण नियन्त्रण, हरियाली प्रबद्र्धन, फोहरमैला व्यवस्थापन, आकासे पानी र फोहोर पानी व्यवस्थापन,फोहोरमैलाको अन्तिम ब्यबस्थापनमा प्रभावकारिता हासिल गर्न तथा आधुनिक प्रविधिको उपयोग गर्नका लागि निजी क्षेत्रसँग सहकार्य उल्लेख गरिएको छ । स्रोतमै फोहर छुट्याएर संकलन गर्ने प्रणाली लागु गरिनेछ । घरबाट उत्सर्जित जैविक फोहोरलाई कम्पोष्टमल बनाई स्वव्यबस्थापन गर्न प्रेरित गरिनेछ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘फोहोर वस्तुको प्रशोधन र पुनःप्रयोग गर्ने तथा फोहोर बस्तुबाट नयाँ वस्तु उत्पादनमा कार्य गरिरहेका सामुदायिक संस्था, निजी, गैर सरकारी संस्था आदिको सञ्जाल निर्माण गरी यसलाई प्रोत्साहन दिइनेछ । संकलन गरिएका फोहोरबाट उर्जा उत्पादन गर्ने अत्याधुनिक प्रविधि सञ्चालन गर्न आवश्यक कार्य गरिनेछ ।

फोहोरमैलाको दीर्घकालिन व्यवस्थापनको लागि काठमाडौं महानगरपालिकाको नेतृत्वमा उपत्यकाका नगरपालिकाको सहभागितामा सामूहिक रुपमा फोहोर व्यवस्थापन कोष स्थापना गरी सो कोषबाट उपत्यकाको फोहारमैला तथा ल्याण्डफिल्ड साईट व्यवस्थापन सम्बन्धी कार्यमा खर्च गर्ने संस्थागत व्यवस्था मिलाईनेछ ।’ ब्रुमरले उठाएको धुलोलाई प्रशोधन गरी निर्माण कार्यमा उपयोग गर्ने, पुराना सार्वजनिक सवारी साधनबाट बढ्दो प्रदुषणलाई न्यूनीकरण गर्नका लागि २० बर्ष भन्दा पुराना त्यस्ता सवारी साधनलाई काठमाडौं महानगरपालिका क्षेत्रबाट क्रमशः विस्थापन गर्ने नीति लिएको छ ।

काठमाडौं महानगरपालिकाभित्रका मुख्य सडकहरुमा अर्नामेन्टल प्लाण्ट लगाइ शहरी हरियाली एवम् सौन्दर्य अभिबृद्धि गर्ने खुला क्षेत्र, सरकारी तथा गैर सरकारी संघसंस्था, विद्यालय, विश्वविद्यालयको कार्यालय परिसर, नदी किनार, सडक किनार, सार्वजनिक जग्गा, पर्ति तथा नदी उकासका स्थलहरुमा विभिन्न प्रजातिका फलफूलका बिरुवाहरु रोपी ग्रिन सिटी प्रवद्र्धन गर्ने, एक घर दुई रुख÷बिरुवा कार्यक्रमलाई अभियानका रुपमा निरन्तरता दिइनेछ ।

ख्भचतष्अब िन्बचमभल को अवधारणालाई अघि बढाउने जस्ता कुरालाई पनि प्राथमिकतामा राखेको छ । ‘कोभिड–१९ को सक्रमण पैmलिन नदिन गरिएको लकडाउनका कारण काठमाडौं उपत्यकाको वातावरणमा ल्याएको सकारात्मक परिवर्तनबाट पाठ सिक्दै महिनाको एक दिन‘ख्भजष्अभि ँचभभ म्बथ’घोषणा गरी रिङ्गरोडभित्रनिजी सवारी साधनको प्रयोगलाई न्यूनीकरण गरिनेछ ।

कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरुलाई उचित छुट सहुलियत

काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा बिस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ । करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाउने महानगरपालिकाको नीति छ ।

कर तथा गैरकर राजस्व अनुगमन कार्यलाई कडाइका साथ लागु गर्न विशेष अनुगमन टोली गठन गरी परिचालन गर्ने, काठमाडौँ महानगरपालिकाका सम्पूर्ण करदाताहरुको तथ्याङ्क संकलन गरी अभिलेख अध्याबधिक गर्ने, शहरको सौन्दर्य र सुरक्षामा आँच आउने गरी विज्ञापन सामाग्रीहरु राख्ने कार्यलाई पूर्णतः निषेध गर्ने नीति पनि महानगरपालिकाले लिएको छ ।

सुविधा सम्पन्न कम्तिमा ५० सैयाको अस्पताल

काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा आफ्नै सुविधा सम्पन्न कम्तिमा ५० सैयाको अस्पताल स्थापना गर्न आवश्यक पूर्वाधार व्यवस्था गर्ने, महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका संभाव्य सामुदायिक अस्पतालहरुलाई महानगरपालिकाको अस्पतालको रुपमा सञ्चालन गर्ने योजना समावेश गरेको छ । वरिष्ठ ज्येष्ठ नागरिकको विशेषज्ञ चिकित्सकद्वारा नियमित एवं निशुल्क स्वास्थ्य परीक्षण सेवालाई निरन्तरता दिने, महानगरवासीहरुको लागि स्वस्थ जीवनका लागि स्वच्छ आहार विहारको नीति अवलम्बन गर्ने जस्ता कुरालाई पनि प्राथमिकता दिएको छ ।

‘गुणस्तरीय एवं न्युनतम स्वास्थ्य सेवा प्राप्त गर्न पाउने हकलाई सुनिश्चित गर्न काठमाडौं महानगरपालिका क्षेत्रमा सञ्चालित सबै सरकारी, निजी र सामुदायिक अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर नियमन र अनुगमन गर्ने संस्थागत व्यवस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘वडा वडामा मृगौला जोगाउ अभियान सञ्चालन गरिनेछ । अर्बुद रोग लगायत अन्य दीर्घ रोगको समयमै स्वास्थ्य परीक्षण गर्न दीर्घरोग स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ । कोभिड १९ तथा अन्य सम्भावित महामारीबाट जोगिन आवश्यक निरोधात्मक उपायहरु प्रभावकारी रुपमा लागु गरिनेछ ।’

उपत्यका एकीकृत विकास कार्यक्रममा जोड

नीति तथा कार्यक्रममाकाठमाडौं उपत्यकालाई सिङ्गो समृद्ध सहरको रुपमा विकास गर्न अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यका एकीकृत विकास कार्यक्रम अघि बढाउने, महानगरपालिकाले गर्ने विकासात्मक कार्यहरु र वितरण गर्ने सबै खालका सेवालाई सुशासनको प्रत्याभूति दिने गरी सुलभ तथा गुणस्तरीय रुपले सेवा प्रवाह गर्न क्रमशः विद्युतीय पद्धतिमा रुपान्तरण गरिने नीति लिइने उल्लेख छ ।

महानगरपालिकाको शहरी व्यवस्थापन र राजश्व प्रशासनको लागि भौगोलिक सूचना प्रविधिमा आधारित एकीकृत शहरी नक्शा तथा महानगर सूचना प्रणाली विकास गरिने, महानगरपालिकाले असल निर्माण अभ्यास प्रबद्र्धनका लागि विभिन्न प्राविधिक, जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गर्ने, महानगरपालिकाबाट सञ्चालित जग्गा एकिकरण आयोजनाहरुमध्ये नयाँबजार आयोजना यसै आर्थिक बर्षभित्र तथा चःमति र मनोहरा जग्गा एकिकरण आयोजना आगामी दुई बर्षभित्र सम्पन्न गरिने जस्ता लक्ष्य पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

समृद्धिको लागि सहकारी अभियान

काठमाडौँ महानगरपालिकाले ‘समृद्धिको लागि सहकारी अभियान’लाई सफल पार्नसाना तथा मझौला व्यबसायमा संलग्न व्यक्ति वा समूहलाई सहकारीमा आबद्ध गराई आत्मनिर्भर बनाउने नीति महानगरपालिकाले लिएको छ । ‘अनौपचारिक क्षेत्रमा संलग्न महिला, दैनिक ज्यालादारीमा कार्य गर्ने मजदूरहरुलाई सहकारीमा आबद्ध गराउन विशेष कार्यक्रमको ब्यबस्था गरिनेछ,’ नीति तथा कार्यक्रममै भनिएको छ, ’ ‘तरकारी, फलफूल, घरेलु खाद्य उद्योग, सरसफाई क्याफे तथा रेष्टुरेण्ट, मनोरञ्जन, प्राविधिक, पेशागत शिल्पी, स्वास्थ्य क्षेत्र समेतमा आधारित उपभोक्ता, श्रमिक र उत्पादक सहकारी संस्था प्रबद्र्धनमा जोड दिइनेछ ।’

काठमाडौ महानगरभित्र विभिन्न उद्यम गरिरहेका परम्परागत तथा अन्य स्थानीय शिल्पीहरुको सीप उपयोग तथा विकासका लागि प्रोत्साहन गर्ने, युवाहरुलाई स्वदेशी उद्यममा आकर्षण गर्न स्वदेशी वस्तुहरुको उत्पादन, प्रबद्र्धन र बजारीकरणलाई प्रोत्साह गर्ने, साना, मझौला तथा सेवामुलक उद्योगलाई प्रश्रय तथा प्रोत्साहन गर्ने नीति पनि महानगरपालिकाले लिएको छ ।

‘विषम परिस्थितिमा जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘कोभिड–१९ महामारीले लघु, घरेलु तथासाना उद्योगमा पारेको प्रभावलाई सम्बोधन गर्न रिभल्भिङ फण्डको स्थापना गरी कार्यविधिको आधारमा सहुलियत दरमा ऋण प्रदान गरिनेछ । महामारी विरुद्ध प्रतिकार्यका लागि अध्ययन, अनुसन्धान, आविष्कार गर्न विभिन्न सरकारी, गैर सरकारी संस्थाहरुसँग सहकार्य गरिनेछ ।’

महानगरपालिकाले जीवनउपयोगी, व्यावसायिक एवं प्रविधियुक्त पूर्वाधार सहितनैतिक तथा मनोवैज्ञानिकशिक्षामा जोड दिई विद्यालयको समग्र शैक्षिक गुणस्तरमा सुधार गर्ने नीति लिएको छ । ‘महानगरभित्रका विद्यालयहरुको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद्हरू सम्मिलित एकीकृत शिक्षा व्यवस्थापनयोजना तर्जुमा समितिगठन गरी शिक्षा योजना तर्जुमा गरिनेछ । बाल शिक्षा, प्राथमिक तहको शिक्षा, आधारभूत तहको शिक्षा र माध्यमिक तहको शिक्षालाई विशिष्टिकृत गर्दै लगिनेछ,’ नीति तथा कार्यक्रम सावजनिक गर्दै प्रमुख शाक्यले भन्नुभयो, ‘विद्यालय शिक्षामा नेपाल भाषाको स्थानीय पाठ्यक्रम बनाई लागु गरिने छ । यसरी निर्माण गर्ने पाठ्यक्रममा उपत्यकाको भाषा, रहनसहन, संस्कृति, सम्पदालगायत नैतिक शिक्षालाई समेत समेटिने छ ।’

महानगरपालिकाले विद्यालयको पढाई बिचैमा छोड्ने विद्यार्थीहरूको मनोबललाई उच्च गर्न आवश्यक पूर्वाधार निर्माण गरी बालमैत्री शिक्षण पद्धतिलाई अबलम्बनगर्ने, स्थानीयबासी, जेहेन्दार, गरिब, विपन्न तथा अपाङ्गता भएका वालवालिकालाई आवश्यकतानुसार पाठय्पुस्तक, पाठ्यसामाग्री र पोसाक लगायतका सामाग्री उपलब्ध गराई अभिभावकत्व प्रदान गर्ने कार्यलाई निरन्तरता दिने जानकारी दिएको छ ।

‘सबै सामुदायिक माध्यमिक विद्यालयहरूमा विज्ञान तथा कम्प्युटर प्रयोगशाला स्थापना तथा स्तरोन्नति गरिनेछ । छनौट भएका विद्यालयहरुमा क्त्भ्ब्ः ऋगिदस्थापना गरी विज्ञान, प्रविधि, इञ्जिनीयरिङ्ग, कला र गणितमा आधारित आविष्कारकाविभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ । विद्यालयहरूबीच वार्षिक रूपमा आविष्कार प्रतिस्पर्धाको आयोजना गरी विद्यार्थीहरूको सिर्जनशीलतालाई प्रोत्साहन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘सामुदायिक विद्यालयहरूमा अनलाइन तथा दूर शिक्षाको माध्यमबाट पनि पठनपाठन गराउन सकिने गरी आवश्यक पूर्वाधारको व्यवस्था गरिनेछ । काठमाडांै महानगरपालिकाको आफ्नै एक प्रविधिमैत्री सिटी लाइब्रेरी स्थापना गरी सञ्चालन गरिनेछ ।’

त्यसैगरी महानगरपालिकाले ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नारा सहित महानगरभित्र सडक आश्रित मानव उद्धार गर्ने कार्यलाई निरन्त्तरता दिने, सडक सहयोगापेक्षी मानव सेवालाई दीगो र संस्थागत बनाउनका लागिसहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रमको भवन संरचना लगायतका पूर्वाधार विकासका लागि आवश्यक सहयोग गर्ने नीति लिएको छ ।

 

काष्ठमण्डप पुनःनिर्माण कार्य यसै आर्थिक बर्षभित्र सम्पन्न

महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माण कार्य यसै आर्थिक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । नीति तथा कार्यक्रम अनुसार हनुमानढोका दरबार क्षेत्रमा अवस्थित महादेव पार्वती मन्दिर तथा कुमारी घरको जीर्णोद्वार यसै बर्ष शुरु गरिनेछ ।काठमाडौं पत्यकाको सम्पदाको रुपमा रहेको बागमती, विष्णुमती, धोबीखोला, सामाखुशी, ईच्छुमती, मनोहरा लगायतका नदीनालाहरुलाई अतिक्रमण मुक्त गरी सफा र सुन्दर बनाइनेछ । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नदीनालाको सरसफाई र संरक्षणको उचित व्यवस्था गरी नदीलाई मानव सभ्यता र सौन्दर्यतासँग आबद्ध गरिनेछ ।

त्रिपुरेश्वरदेखि टेकुसम्मको वागमती किनारालाई श्री हुतराम बैद्य स्मृति पैदलमार्गको रुपमा विकास गरिनेछ । साथै पचली कालोपुलदेखि टेकु दोभानसम्मको नदी किनारालाई श्री भगवानदास मानन्धर स्मृति स्थलको रुपमा विकास गरिनेछ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरु स्वयम्भु र बौद्धको व्यवस्थापन काठमाडौं महानगरपालिका अन्तर्गत ल्याउन पहल गर्ने, हनुमानढोका परिसर तथा कोत क्षेत्रको गुरुयोजना बनाई कार्यान्वयन गर्ने पनि महानगरपालिकाको नीति छ ।

मेड इन काठमाडौँ अभियान सञ्चालन

काठमाडौँ महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरुमा नेपाली बस्तुहरुको बजार कोशेली घर वा यस्तै प्रकृतिका अन्य बजार विस्तार गर्ने नीति लिएको छ । मरुटोलमा रहेको सिंहसत्तललाई गैर सरकारी संस्थासँगको सहकार्यमा निर्यात प्रबद्र्धन केन्द्रको रुपमा विकास गरिनुका साथै मेड इन काठमाडौँ अभियान सञ्चालन गर्ने पनि महानगरपालिकाको नीति छ ।

‘युवाहरुको नविन सोच तथा प्रविधिप्रतिको आकर्षणलाई ध्यानमा राखी काठमाडौं हब ९प्९ज्गद० को स्थापना गरिने नीति लिइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘स्टार्टअपको माध्यमबाट उद्यमी बन्न चाहने युवाहरुलाई उत्पादन डिजाइन, प्रविधि, बजार, वित्त ब्यबस्था, कानुन आदिको परामर्श एकै स्थानमा उपलब्ध गराइनेछ ।’

खुला क्षेत्रको संरक्षण

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ति जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरुहटाईसार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति लिएको छ । त्यस्ता सार्वजनिक जग्गाहरुमा बालमैत्री उद्यान, योगपार्क तथा ज्येष्ठ नागरिक मैत्री पार्कहरु र खुला क्षेत्रहरुको रुपमा विकास गरिने कार्यलाई निरन्तरता दिने, मेयर उज्यालो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने, मुख्य चोकहरुमा हाइमास्ट बत्ती जडान गर्ने, काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका बागमती, विष्णुमती, धोबीखोला र मनोहरा नदीमा आवश्यकता अनुसार मानिसहरु आवत जावत गर्न मिल्ने पुल तथा बेलीब्रिजहरुको क्रमिक रुपमा निर्माण गर्ने, नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सहकार्यमा काठमाडौँ  महानगर क्षेत्रभित्रका बिद्युत, टेलिफोन, केवल टिभि, ईन्टरनेट लगायतका तारहरुलाई भुमिगत गर्ने कार्यलाई निरन्तरता दिने कुरालाई पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

‘शहरी यातायात ब्यवस्थापन, हरियाली प्रबद्र्धन तथा नदी किनारको एकिकृत बिकास गर्न बागमती, बिष्णुमती, मनोहरा, दानगाः खुशी (बल्खु खोला), करः खुशी, महादेव खोला, रुद्रमती (धोबीखोला), ईच्छुमती (टुकुचा), सामाखुशी (खोला), इन्द्रावती खोला, चखुँचा खोला लगायतका नदी किनारहरुमा तटबन्ध तथा सडक निर्माण (कोरिडर विकास) कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘न्युरोड क्षेत्रको एकिकृत बिकास तथा सौन्दर्यीकरण गरिने छ ।काठमाडौ महानगर प्रवेश गर्ने स्थानहरुमा कलात्मक स्वागतद्वार वा स्तम्भहरु निर्माण गरिनेछ ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार