
काठमाडौ : प्रदेश ५ सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयका खानेपानी तथा सरसफाइ महाशाखा प्रमुख सिनियर डिभिजनल ईन्जिनियर ध्रुव धिताल सहित ११ विधामा ५८ जनालाई पदक तथा विभूषण प्रदान गर्ने घोषणा गरेको छ । खानेपानी, आयोजनाको तर्जुमा तथा गुणस्तर नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गरे बापत इञ्जिनियर धिताल प्रदेश सेवा समर्पण पदक ‘ख’ बाट विभुषित गर्ने निर्णय गरिएको हो ।
खानेपानी तथा सरसफाइ महाशाखा प्रमुख धितालले प्रदेश ५ को हरेक स्थानीय तहमा वास प्लान बनाउने कार्यमा नेतृत्वदायी एवं निर्णायक भूमिका निर्वाह गर्नुभएको छ । अहिले पनि प्रदेश ५ का सबै स्थानीय तहहरुमा वास प्लान निर्माणको काम भईरहेको छ ।
संंविधान दिवसको अवसरमा प्रदेश सरकारले घोषणा गरेका पदक प्रदेश स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गरिने जनाएको छ । प्रदेश सरकारले दिने सबैभन्दा उच्चस्तरको पदक बुद्ध शान्ति पदकबाट पाल्पाका आचार्य भिक्षु अमृतानन्द महास्थवीरलाई मरणोपरान्त प्रदान गर्ने निर्णय गरेको छ । बौद्धधर्मको माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनार्थ विशिष्ट योगदान गरेको भन्दै उहाँलाई पदक दिने निर्णय गरिएको हो । उहाँले म्यानमार सरकारबाट महानायक पदवी समेत प्राप्त गर्नुभएको थियो ।
कसलाई के पदक ?
प्रदेश रत्न पदक ‘क’ : लोकेन्द्र विष्ट मगर । ड्रयागन खेती मार्फत कृषि क्षेत्रमा नौलो काम गरेका पूर्व मन्त्री दाङका लोकेन्द्र विष्ट मगरलाई प्रदेश रत्न पदक ‘क’ बाट विभूषित गर्ने निर्णय गरिएको प्रदेश ५ को सरकारले जनाएको छ ।
प्रदेश रत्न पदक (ख) : रुकुम पूर्वकी लक्ष्मी प्रसाद पुनलाई दिइने भएको छ ।
प्रदेश रत्न पदक (ग) : दाङका मार्शल रोका, गुल्मीका भोजराज रेगामी र बाँकेका पुरमल बस्नेतलाई दिइने भएको छ ।
प्रदेश प्रमुख जनसेवा पदक : दाङका गुमराह थारुलाई सम्मान गरिने ।
प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ : प्युठानका खगुलाल गुरुङ र रोल्पाका तेजमान घर्तिलाई मरणोपरान्त विभूषित गरिने भएको छ ।
प्रदेश प्रमुख जनसेवा पदक (ग) : सशस्त्र द्वन्द्वमा मृत्यु भएकी रुकुमकी धनमाया श्रेष्ठ, पाल्पाका केवल गाहामगर र राज्यद्वारा बेपत्ता बनाइएका कृष्ण थारुलाई प्रदान गरिने ।
मुख्यमन्त्री प्रज्ज्वलद्वीप पदक (क) : प्रदेश सभामा तत्कालीन विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलाई (मरणोपरान्त) प्रदान गरिने भएको छ ।
मुख्यमन्त्री प्रज्ज्वलद्वीप पदक (ख) : दाङका माणिकलाल गौतम, पाल्पाका चिनियालाल बज्राचार्य, पाल्पाका तत्कालीन जिल्ला समन्वय समिति प्रमुख दयाराज बस्याल (मरणोपरान्त) लाई विभूषित गरिने ।
मुख्यमन्त्री प्रज्ज्वलद्वीप पदक (ग) : सशस्त्र द्वन्द्वमा घाइते भएका दाङका मनोज चौधरीलाई प्रदान गरिने ।
प्रदेश सेवा समर्पण पदक (क) : लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्रप्रसाद खनाललाई प्रदान गरिने ।
प्रदेश सेवा समर्पण पदक (ख) : भिम अस्पतालका डा. सुमित प्रजापति, गुल्मी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। उत्तम पच्या, भेरी अस्पताल बाँकेमा कार्यरत बसुन्धरा ज्ञवाली गौतम, भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर धु्रव धिताल, जिल्ला समन्वय समिति पूर्वीरुकुममा कार्यरत विमला रोक्का श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत सुमितकुमार अग्रहरी, योग प्रशिक्षक रुपन्देहीका विष्णु आचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रेमबहादुर गौतमलाई सम्मान गरिने ।
प्रदेश सेवा समर्पण पदक (ग) : प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत लक्ष्मण पन्थी, कपिलवस्तु अस्पतालकी आयुष्मा अर्याल, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत योगेन्द्रनाथ उपाध्यायलाई प्रदान गरिने ।
सुरक्षाकर्मीहरुलाई प्रदान गरिने उजिरसिंहद्वीप पदक (ख) : प्रदेश प्रहरी कार्यालयका अभयकुमार झालाई प्रदान गरिने ।
उजिरसिंहद्वीप पदक (ग) : जिल्ला प्रहरी कार्यालय बाँकेका डिल बहादुर सिंजाली मगर, इलाका प्रहरी कार्यालय बुटवलका फुलेराम थारु र जिल्ला प्रहरी कार्यालय दाङका प्रभु सुनारलाई प्रदान गरिने ।
समाजसेवा श्री पदक (क) : संस्थागत रुपमा नेपाल संस्कृत विश्वविद्यालयलाई प्रदान गरिने ।
त्यस्तै समाजसेवा श्री पदक (ख) : रुपन्देहीका पत्रकार अर्जुन ज्ञवाली, बाँकेका रोमहर्ष धिताल, अर्घाखाँचीका डा। चित्र प्रसाद वाग्ले (मरणोपरान्त) र नवलपरासी पश्चिमका खिमलाल पोख्रेललाई दिइने ।
समाजसेवा श्री पदक (ग) : दाङका विनय पोख्रेल, अर्घाखाँचीकी पवित्रा पौडेल, कपिलवस्तुकी प्रभा पौडेल, बाँकेकी सरीता खनाल र गुल्मीको आशा अपांग केन्द्रलाई प्रदान गरिने ।
पुथा श्री पदक (ख) : सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी,
पुथा श्री पदक (ग) : दाङको बुलबुले थारु पाहुना घर र जैविक होमस्टे बर्दियालाई दिइने ।
प्रदेश प्रज्ञा पदक दाङका नारायण सिंह गुरुङ्ग,
प्रदेश प्रज्ञा पदक (ग) पाल्पाको धवल पुस्तकालयलाई प्रदान गरिने ।
प्रजापति गौतमी पदक (क) : पाल्पाकी चुन्नुमाया गुरुङ्ग (मरणोपरान्त),
प्रजापति गौतमी पदक (ख) : पाल्पाकै पूर्णमाया महर्जन,
प्रजापति गौतमी पदक (ग) : रुपन्देहीकी रिता सेन ओली र रोल्पाको त्रिवेणी रोल्पाली ढाका बुनाई उद्योगलाई ।
यस्तै दंगीशरण बलिहाङ्ग पदक (क) : रुपन्देहीका गजलकार बुँद राना,
दंगीशरण बलिहाङ्ग पदक (ख) : बाँकेका श्यामानन्द सिंह,
दंगीशरण बलिहाङ्ग पदक (ग) : दाङका गोरन चौधरी (मरणोपरान्त) र कपिलवस्तुका मोहम्मद इलिहात खाँलाई सम्मान गरिने निर्णय गरिएको प्रदेश ५ सरकारले गरेको छ ।


1449 पटक हेरिएको 

