
लम्जुङ : लम्जुङको दोर्दी गाउँपालिका ६ ताँजेमा प्रत्येक घरमा धारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ । जोखिममा रहेका भुकम्प प्रभावितहरुको लागि पुनर्लाभ एवम् सामुदायिक उत्थानशिल परियोजना (Recover Project) द्वारा निर्मित ताँजे खानेपानी योजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यमा एवं उपभोक्ता समितिका अध्यक्ष मनराज घलेको अध्यक्षतामा योजना हस्तान्तरण गरिएको हो ।
ताँजे गाउँमा रहेको ६३ घरमा १ घर १ धारा र ताँजे समाज घर,जनचेतना आमा समूह,बाल बिकास प्रा.वि. एवं ताँजे चर्च गरी जम्मा ६७ धारा जडान भएको उपभोक्ता समितिले जनाएको छ । कुल ३३ लाख ३७ हजार ६८९ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको खानेपानीमा सिआरएस र सप्रोस नेपालले २३ लाख ३८ हजार ३१७ रुपैयाँ र दोर्दी गाउँपालिकाले ३ लाख १९ हजार रुपैयाँ अनुदान उपलब्ध गराएका छन् भने स्थानीय उपभोक्ताले ६ लाख ८० हजार ३७२ रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।


651 पटक हेरिएको 

