रौतहट खुला दिसामुक्त जिल्ला घोषणा

रौतहट : कुनै समय सरसफाइको दृष्टिकोणले ७२ औं जिल्लाको सूचीमा पर्ने रौतहट खुला दिसामुक्त भएको छ । रौतहटको एक लाख चार हजार ७६ घरमै शौचालय बनेपछि रौतहटलाई प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभएको हो ।


खुला दिसामुक्त घोषणा भएका जिल्ला मध्ये रौतहट ६३ औं तथा प्रदेश नं २ को तेस्रो जिल्ला हो । गौरमा आज आयोजित खुला दिसामुक्त घोषणा सभामा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले रौतहट खुला दिसामुक्त जिल्ला भएकोमा खुसी व्यक्त गर्दै सरसफाइमा सबैले ध्यान दिन आग्रह गर्नुभयो ।

मानव जीवनका लागि सरसफाइ अभिन्न अङ्ग भएको हुँदा यसमा सबैले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाही तथा एकाइ कार्यालय रौतहटका प्रमुख अनिल केशरीले लामो समयको प्रयासपछि जिल्लालाई खुलादिसामुक्त घोषणा गर्न पाउँदा आफू हर्षित भएको प्रतिक्रिया दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार