अमरगढी : डडेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँसभाबाट ‘मर्यादित छाउपडी वर्ष २०७५’ घोषणा गरेको छ ।
छाउपडी प्रथाको अन्त्यका लागि ‘मर्यादित छुई वर्ष अभियान’ थालिएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताउनुभयो । देउता रिसाउने डरले छाउपडी भएका महिला घरभन्दा बाहिर छाउगोठमा बस्ने र छाउपडी भएका बेला दूध, दही, घ्यू लगायत खानेकुरा खाए देवी रिसाउने जस्ता कुरीति हटाउन चेतनामूलक अभियान थालिएको उहाँले बताउनुभयो ।
“अभिभावकले छाउपडी भएका बेला विद्यालय जानबाट बञ्चित गरिएको भेटिएमा वा छाउपडी भएका महिलालाई छाउगोठमा राखिएको पाइएमा गाउँपालिकाबाट पाउने सेवा सुविधा कटौती गर्ने गाउँपालिकाले निर्णय गरिसकेको छ । यस सम्बन्धी निर्णय हालैको गाउँसभाबाट पारित गरिएको उहाँले जानकारी गराउनुभयो ।


864 पटक हेरिएको 

