मोरङ : पोखरीको डिलमा शौच गर्दा मोरङको धनपालथान गाउँपालिका २ का वडा अध्यक्ष बलिराम भगतको सर्पको डसाइबाट ज्यान गएको छ । खुल्ला दिसामुक्त अभियानबारे गाउँमा छलफल चलाएर घर नजिकैको पोखरीको डिलमा शौच गर्न विषालु सर्पले डसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शौच गरेर पोखरीको पानीले धुने क्रममा उहाँको देब्रे हातको औंलामा डसेको थियो ।
उपचारका क्रममा उहाँको विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो ।
शुरुमा उहाँले गाउँमै झारफुक गर्न लगाउनुभएको थियो । त्यसपछि रिंगटा लाग्न थालेपछि कोशी अञ्चल अस्पताल लगिएको र त्यहाँ अचेत भएपछि निजी अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कबिन्द्र कार्कीले जानकारी दिनुभयो ।
तत्कालीन एमालेबाट वडा अध्यक्षमा निर्वाचित बलिराम भगतको विहीबार अन्त्येष्टि गरिएको धनपालथानका प्रमुख प्रशासकीय अधिकृत बाबुराम शर्मा लुइँटेलले जानकारी दिनुभयो ।


3284 पटक हेरिएको 

