नुवाकोट : नुवाकोटको किस्पाङ गाउँपालिकाका जनप्रतिनिधी र सरोकारवाला निकायका पदाधिकारीलाई खानेपानी सुरक्षा योजना र पुर्ण सरसफाइ सम्बन्धी तालिम दिइएको छ ।
तेरे देश जोम TDH को आर्थिक एवं वातावरण जनस्वास्थ्य संस्था (Enpho) को प्राबिधिक सहयोगमा सञ्चालित स्थानीय तह क्षमता सबलिकरण परियोजना अन्तर्गत सामुदायिक विकास केन्द्र, नेपाल विदुर नुवाकोटले तालिम दिएको हो ।
३ दिनको तालिम पछि किस्पाङ गाउँपालिका २ नं. वडाका अध्यक्षले तालिम अवधिमा स्वास्थ्य तथा सरसफाइ सम्बन्धी महत्वपुर्ण ज्ञानहरु हासिल गरेको र यसलाई मूलबीउको रुपमा प्रयोग गर्दै किस्पाङ गाउँपालिकामा बसोबास गर्ने समुदायको खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी व्यवहारमा परिवर्तन गर्न निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापन समारोहमा कार्यपालिका सदस्य, वडा अध्यक्ष, गाउँपालिकाका स्वास्थ्य संयोजक तथा उपाध्यक्षले तालिममा सिकेका कुराहरुलाई समुदायमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तेरे देश जोमका खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम व्यवस्थापक विजेश श्रेष्ठले खानेपानी र सरसफाइ सम्बन्धी बानी व्यहोरा परिवर्तनका लागि शुभकामना व्यक्त गर्नुभयो ।
तालिमा गाउँपालिका अध्यक्ष छत्र तामाङ, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका सम्बन्धित कर्मचारी तथा अन्य सरोकारवाला सहित २४ जनाको सहभागिता थियो । वातावरण तथा जनस्वास्थ्य संस्था (Enpho) की तालिम अधिकृत शोभा रानाले प्रशिक्षण गर्नुभएको थियो ।
तालिमकै क्रममा वडा तथा गाउँपालिकाले बनाएको कार्ययोजना लागु गर्न सबैले प्रतिबद्धता जनाएका छन् ।