छाउगोठमा आगलागी हुँदा २ बालक सहित आमाको मृत्यु

बाजुरा : बाजुरामा छाउगोठमा आगलागी हुँदा २ बालक र आमाको ज्यान गएको छ । बुढीनन्दा नगरपालिका अंगपानी भुपेचौरमा छाउगोठमा आगलागी हुँदा ३५ वर्षीया अम्बा बोहरा, ९ बर्षका छोरा सुरेश बोहरा र ७ बर्षका रमित बोहराको ज्यान गएको प्रहरीले जनाएको छ ।

महिनावारी भएर छाउगोठमा सुतिरहेको अवस्थामा आज विहान आगलागीबाट मृत अवस्थामा फेला पारिएको हो । आगो ननिभाई सुत्दा आगो सल्किएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । सासुआमाले विहान नास्ता दिन जाने बेला आगो लागेर मृत्यु भएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।

अम्बाका श्रीमान रोजगारीको शीलशीलामा भारतमा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धबसिंह भाटले जानकारी दिनुभयो । जाडो बढेका कारण आगो बालेर सुतेको अवस्थामा आगलागी हुनसक्ने प्रहरीको अनुमान छ ।

बाजुरा सदरमुकामबाट करिब ८ घण्टाको पैदल दुरीमा पर्दछ भुपेचौर । बाजुराको कोल्टीबाट प्रहरी टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक भाटले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार