सरसफाइमा जागरण ल्याउदै बारा, बृहत सरसफाइ जागरण कार्यक्रम हुने

बारा : सरसफाइ अभियानमा जागरण ल्याउन डिवाससीसी बाराले बृहत सरसफाइ जागरण कार्यक्रम गर्ने भएको छ । अन्य जिल्लाको तुलनामा बारा जिल्ला सबैभन्दा पछि परेपछि सरफाइमा जागरण ल्याई बारा जिल्लालाई यथाशिघ्र खुला दिसामुक्त क्षेत्र घोषणा गर्न बृहत सरसफाइ जागरण अभियान गर्न लागेको हो ।

शनिबार हुने जागरण अभियानमा २ नंं. प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल प्रमुख अतिथी रहने कार्यक्रम तय भएको छ ।

बारामा १३ लाख ९६ हजार ९६ घरमध्ये १३ लाख ४४ हजार ७ सय ६५ घरमा चर्पी बनिसकेका छन् । करिब ९७ प्रतिशत घरमा चर्पी बनेपनि अझै ५० हजार भन्दा बढी घरमा चर्पी बनाउन बाँकी छ ।

चर्पी बनाउने काममा तीब्रता दिन सरसफाइसँग सरोकारवाला सबैलाई भेला गराई जागरण ल्याउने उद्देश्यले बृहत सरसफाइ जागरण कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

आयोजकले ‘महिला र पुरुष सबै जना आऔं, सरसफाइमा जागरण ल्याऔं’, ‘बारा बासी हामी सबै जागौं, चर्पी निर्माण पूरा गर्न लागौं’, ‘बारा जिल्लाको शान, खुला दिसामुक्त अभियान’ ‘घरघरमा चर्पी बनाउनु छ, बारा जिल्लाको इज्जत जोगाउनु छ ।’ नारा बनाएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार