नारी दिवसमा महिलामैत्री शौचालयको आवश्यकता सम्बन्धी वक्तृत्वकला प्रतियोगिता

सोलुखुम्बु : अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिलामैत्री शौचालयको आवश्यकता सम्बन्धी बक्तृत्वकला प्रतियोगिता हुने भएको छ । १०९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सोलु दुधकुण्ड नगरपालिकाको ६ नं वडा कार्यालयले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको हो ।

महिलामैत्री शौचालयको आवश्यकता बारे बुझाउन खुला वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘अहिले पनि संगठित संस्था तथा होटलहरुमा समेत महिलाका लागि छुट्टै शौचालय बनाएको पाईदैन, भएका ठाउँमा पनि महिलामैत्री शौचालय छैनन्, त्यसैले नारी दिवसको अवसरमा महिलामैत्री शौचालयको आवश्यकता जगाउन पनि वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

 

वडा कार्यालयले वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई ३ हजार नगद पुरस्कार प्रदान गर्ने जनाएको छ । यस्तै द्धितिय र तृतीयलाई क्रमशः २ हजार र १५ सय रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

यही फागुन २४ गते शुक्रबार योङ स्टार क्लवको सभाहलमा हुने कार्यक्रममा वडा नं. ६ का महिला समूहहरुलाई अनिवार्य उपस्थितिका लागि वडा कार्यालयले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार