काठमाडौ : तपाई वास क्षेत्रमा कार्यरत हुनुहुन्छ ? यस क्षेत्रमा गरिएको अभ्यासबाट तपाईले केही नयाँ कुरा आर्जन गर्नुभएको छ र अरुलाई पनि बाँड्न चाहनुहुन्छ भने तपाईका लागि यो ठूलो अवसर हुनेछ ।
सिकाई आदानप्रदानको माध्यमबाट ज्ञान अभिबृद्धि गर्ने, गराउने उद्देश्यले वास क्षेत्रमा कार्यरत संघसंस्था तथा व्यक्तिले हासिल गरेको सीप, सिकाई तथा अनुभव आदानप्रदानका लागि ठूलो प्लेटफर्म सिर्जना हुँदैछ ।
Global Affairs Canada को सहयोग र Centre for Affordable Water and Sanitation Technology (CAWST) को सहकार्यमा वातावरण र जनस्वास्थ्य संस्था (Enpho) ले यस्तो अवसर सिर्जना गर्न लागेको हो ।
http://enpho.org/wp-content/uploads/2019/02/LEX-flyer.pdf
कार्यक्रममा वास क्षेत्रका सिकाई तथा उत्तम अभ्यास र नवीनतम जुक्ति आदानप्रदान गरिने Enpho ले जनाएको छ । कार्यक्रममा आ– आफ्नो क्षेत्रमा कार्य गर्दा प्राप्त अनुभव, सिकाई र नवीन जुक्तिहरु आदानप्रदान गरिनुका साथै एक्स्पोजर भिजिट समेत गराइनेछ ।
यही चैत्र ३ र ४ गते हुने सिकाई आदानप्रदान कार्यक्रमबाट विभिन्न संघसंस्थाले सिकेका ज्ञान तथा अनुभवहरुको आदानप्रदानबाट ज्ञान हासिल हुने, वासको क्षेत्रमा क्रियाशील संघसंस्था तथा व्यक्तिबीच सुमधुर सम्बन्धको सुरुवात हुने र सञ्जाल बिस्तार हुने तथा अवलोकन भ्रमणको माध्यमबाट व्यावहारिक ज्ञान र विचारहरू हासिल हुने आयोजकको अपेक्षा छ ।
तपाई पनि सहभागी बन्न चाहनुहुन्छ भने तलको लिङ्क क्लिक गरेर अनलाइन फाराम भर्न सक्नुहुन्छ ।
https://docs.google.com/forms/d/e/1FAIpQLScmmaHfDvKgGuOJXUBnn0cAYTBks8bmh_uZrRYs5q0Ab836vA/viewform
कार्यक्रमको अवधारणाबारे जान्न यो लिङ्कमा क्लिक गर्नुहोला ।
http://enpho.org/wp-content/uploads/2019/02/Learning-Exchange-Concept-Note-_Final.pdf