स्यानिटरी प्याड सिलाउने मान्छे चाहियो

रुकुम पश्चिम: रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले नगरपालिका भित्रका टेलरिङ व्यवसायी तथा सूचीकारहरुबाट संगी प्याडको नमूना र दर समेत माग गरेको छ । नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई महिनावारी भएको बेला निशुल्क संगी प्याड वितरण गर्न प्याडको नमुना र दर माग गरेको हो ।

टेलरिङ व्यवसायी तथा सूचीकारहरुबाट नमुना संकलन गरी ती मध्ये उत्कृष्ट छनौट गरेर संगी प्याडको आपूर्ति गर्न इच्छुक टेलरिङ व्यवुुसायी÷सूचीकारबाट प्याडको दर र नमूना आव्हान गरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नमुना बुझाउने टेलरिङ व्यवसायले व्यवसाय दर्ताको प्रमाणपत्र, सोको नवीकरण, करचुक्ताको प्रमाणपत्रको प्रतिलिपी समेत बुझाउनुपर्नेछ ।

संगी प्याडको नमुना र दर समेत खुलाईएको कागजात सूचना प्रकाशन भएको मितिले ७ दिन अर्थात यही चैत्र ५ गतेभित्र बुझाउन सकिने भित्र पेश गर्नुपर्ने निमित्त प्रशासकीय अधिकृत केसीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार