धादिङ : धादिङ जिल्ला हालै खुला दिसामुक्त घोषणा भएको छ । सरकारी तथा गैरसरकारी संघसंस्थाको अनेकन प्रयासपछि मात्र धादिङ खुला दिसामुक्त घोषणा गर्न सफल भएको हो ।
२०७१ सालमा धादिङ जिल्लाको सरसफाइ तथा स्वच्छता रणनीतिक योजना बनाएर कार्यान्वयन गरेपछि सरसफाइले गति लिएको थियो । २०७२ सालको विनासकारी भुकम्पका कारण सरसफाइको गति केही सुस्त भए पनि २०७३ सालको ‘पुर्ण सरसफाइ सबैको अभियान, समृद्ध धादिङ हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सम्पन्न दोश्रो सरसफाइ सम्मेलन पछि धादिङको सरसफाइ आन्दोलन फेरि तातिएको थियो ।
२०७५ पौष १५ गते धुनिबेशी नगरपालिका खुलादिसामुक्त घोषणा भए सँगै जिल्लाका १३ वटै स्थानीय तह खुला दिसामुक्त भएका थिए । स्तरोन्नति गर्नुपर्ने शौचालयको संख्या निक्कै भएपनि आधारभूत सरसफाइमा १०० प्रतिशत जनसंख्याको पहुँच पुगेको छ । जिल्लाभर ८५ हजार ९१ घरमा शौचालय निर्माण भएर प्रयोगमा आएपछि धादिङलाई यही चैत्र २४ गते खुला दिसामुक्त घोषणा गरिएको हो ।
धादिङमा कुन कुन संघसंस्थाले कति चर्पी बनाए ?
क्र.सं. संघसंस्था साझेदार संस्था कार्यक्षेत्र
१. अपांग कल्याण संघ राष्ट्रिय अपांग महासंघ गजुरी गा.पा. रुवीभ्याली गा.पा.
२. आवाज अभियान नेपाल The Freedom Fund बेनीघाटरोराङ, सिद्धलेक , ज्वालामुखी
३. एक्सन नेपाल DIFID,DCA,UNDP,USAID,OXFAM निलकण्ठ धुनीबेशी न. पा. थाक्रे सिद्धलेक ज्वालामुखी खनियाबास त्रिपुरासुन्दरी रुविभुयाली गंगाजमुना नेत्रावती गल्छी गा.पा
४. एकिकृत सामुदायिक विकास अभियान KKS Germany, TDH Germany निलकण्ठ न. पा. थाक्रे सिद्धलेक ज्वालामुखी त्रिपुरासुन्दरी नेत्रावती गल्छी बेनीघाट गा.पा
५. ग्रामिण आपसी विकास FUND BOARD,UNICEF निलकण्ठ न. पा. त्रिपुरासुन्दरी बेनीघाट गा.पा रुविभुयाली गंगाजमुना
६. चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज UMN, PAF, UNICEF निलकण्ठ न. पा. गजुरी सिद्धलेक ज्वालामुखी खनियाबास त्रिपुरासुन्दरी रुविभुयाली गंगाजमुना नेत्रावती गल्छी गा.पा
७. जगतज्योती सामुदायिक विकास समाज UNMIN ज्वालामुखी गा.पा.
८. नमस्ते ग्रामिण विकास समाज UNMIN रुविभ्याली गा.पा.
९. नारी जागरण केन्द्र UMN निलकण्ठ न.पा.
१०. नेपाल रेडक्रस सोसाईटी UNICEF, Korean Redcross,luxemberg Redcross,WSSDO निलकण्ठ न. पा. ज्वालामुखी त्रिपुरासुन्दरी थाक्रे गंगाजमुना नेत्रावती गल्छी गा.पा
११. परिवर्तनका लागी प्रतिबद्ध समाज UNICEF,PAF,UMN धुनीबेशी न.पा.गंगा जमुना त्रिपुरासुन्दरी गल्छी खनियावास गजुरी ज्वालामुखी
१२. प्रयत्नशिल सामुदायिक विकास समाज OXFAM,UMN PAF निलकण्ठ न. पा. गजुरी खनियाबास बेनीघाटरोराङ रुविभुयाली शिद्धलेक थाक्रे गा.पा
१३. भिजन ट्रस नेपाल Vision truss international निलकण्ठ न. पा. खनियाबास ज्वालमुखी गा.पा
१४. नमस्ते ग्रामिण समाज विकास नेपाल UNMIN रुविभ्याली गा.पा.
१५. हिम्स नेपाल UNMIN गंगा जमुना रुविभ्याली खनियावास गा.पा.
१६.सहयात्री समाज नेपाल CARE NEPAL त्रिपुरासुन्दरी गा.पा.
१७. फोकस नेपाल Cristian Aid निलकण्ठ धुनीवेशी न. पा. ज्वालमुखी गजुरी शिद्धलेक गंगाजमुना त्रिपुरासुन्दरी नेत्रावती बेनीघाटरोराङ थाक्रे खनियावास गल्छी गा.पा
१८. रिम्स नेपाल CARE NEPAL,WFP गंगाजमुना रुवीभ्याली
१९. शान्ती नेपाल UNICEF,OXFAM,TEAR,FLEM निलकण्ठ, धुनीवेशी न. पा., ज्वालमुखी गजुरी शिद्धलेक बेनीघाटरोराङ थाक्रे खनियावास गल्छी रुविभ्याली गा.पा
२०. सर्भिस फर पिस नेपाल KOICA निलकण्ठ ज्वालामुखी
कुन गाउँपालिकामा कति चर्पी ?
१ निलकण्ठ नगरपालिका १५३३०
२ धुनिबेशी नगरपालिका ७२७६
३ खनियाबास गाउपालिका ३००७
४ गजुरी गाउपालिका ६५६१
५ गल्छी गाउपालिका ६१२९
६ गंगा जमुना गाउपालिका ६०६४
७ ज्वालामुखी गाउपालिका ७०३५
८ थाक्रे गाउपालिका ७८३०
९ नेत्रावती गाउपालिका ३६६९
१० बेनीघाटरोराङ गाउपालिका ६८०९
११ सिद्धलेक गाउपालिका ६००३
१२ रुविभ्याली गाउपालिका २७०७
१३ त्रिपुरासुन्दरी गाउपालिका ६६७१
जम्मा बनेका चर्पी ८५०९१
चैत्र २४ गते धादिङ जिल्ला खुला दिसामुक्त घोषणा समारोहमा जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति धादिङका सदस्य सचिव किरण आचार्यले प्रस्तुत गर्नुभएको प्रतिवेदनबाट ।


1400 पटक हेरिएको 

