वातावरणीय सरसफाइ शाखा प्रमुख झा ‘द हन्ड्रेड हिरोज अफ मधेस’ बाट सम्मानित

 

 

काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखा प्रमुख एवं राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र कुमार झा ‘द हन्ड्रेड हिरोज अफ मधेस’ (The 100 Heroes Of Madhesh ) बाट सम्मानित हुनु भएको छ ।

ललितपुरको पाटन ढोकामा आयोजित कार्यक्रममा मधेसी जर्नालिष्ट सोसाईटी नेपाल एण्ड चर्चा मिडियाले सदस्य सचिव झा सहित १०० जनालाई उक्त पुरस्कारले सम्मान गरेको हो ।

 

सदस्य सचिव झा लाई मधेसमा जन्मिएर समग्र देशकै सरसफाइमा विशेष योगदान पु-याएकाले मधेसका सय जना हिरोहरुमा छनौट गरी सम्मान गरिएको सोसाईटीले जनाएको छ ।

मधेसी जर्नालिष्ट सोसाईटी नेपाल, मधेसका पत्रकारहरुको छाता संगठन हो । सोसाईटीले मधेसमा जन्मिएर विभिन्न क्षेत्रबाट राष्ट्र निर्माणमा योगदान पु-याउँदै आएका सय जना व्यक्तिहरुलाई पुरस्कृत गर्दै आएको छ ।
‘द हन्ड्रेड हिरोज अफ मधेस २०७५’ बाट सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरस्कार वितरण गर्नुभएको थियो ।

 

सोसाईटीले सदस्य सचिव झा सहित  नेता हृदयेश त्रिपाठी, अमरेश कुमार, त्यस्तै बीरगन्ज उपमहानगरपालिकाका मेयर, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाह, प्रदेश नं. २ का मुख्यमन्त्री लालबहादुर राउत लगायतलाई सम्मान गरिएको मधेसी जर्नालिष्ट सोसाईटी नेपाल एण्ड चर्चा मिडियाका संयोजक मोहन कुमार सिंहले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार