अपी हिमाल गाउँपालिकामा छाउमुक्त धारा र शौचालय

दार्चुला : दार्चुलाको अपी हिमाल गाउँपालिका – ३ र ४ मा छाउमुक्त धारा निर्माण गरिएको छ । गाउँपालिकाभर छाउमुक्त अभियान अन्तर्गत गाउँपालिकाले छाउमुक्त सार्वजनिक धारा र शौचालय निर्माण गरेको हो ।

गाउँपालिकाले बनाएको छाउमुक्त धारामा सबैले सामूहिक रुपमा नुहाउन मिल्ने गरी धारा बनाइएको छ । धारामा वरिपरिबाट पर्खाल लगाएर गोप्यता कायम गर्न मिल्ने बनाइएको छ । एकपटकमा चार देखि ७ जना सम्मले नुहाउन मिल्ने बनाइएको छ ।

छाउपडी र छुवाछुत अन्त्यको लागि छाउमुक्त धारा बनाइएको गाउँपालिकाले जनाएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाले तीन लाख रुपैयाँका दरले तीन वडामा छाउमुक्त धारा निर्माण गरिएको छ ।

विगतमा महिनावारी हुँदा छुट्टै धारामा नुहाउनुपर्ने, दलित गैर–दलितले छुट्टै धाराको पानी भर्नुपर्ने परम्पराको अन्त्यका लागि छाउमुक्त धारा तथा शौचालय निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । आगामी आर्थिक वर्षमा सबै वडा र वस्तीसम्म छाउमुक्त धारा निर्माण गरिने गाउँपालिकाको योजना छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार