सिद्धार्थ माविमा स्मार्ट कार्डबाट स्यानिटरी प्याड वितरण

स्याङ्जा : स्याङजाको फेदीखोला २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्मार्ट कार्डबाट स्यानिटरी प्याड वितरण गर्न थालेको छ । गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहकार्यमा स्वचालित स्यानिटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।

स्मार्ट कार्ड मेसिनमा छिराएपछि मात्र त्यहाँबाट प्याड निस्किन्छ । यस्तो कार्ड महिनावारी हुने उमेरका छात्राहरुलाई उपलब्ध गराईने विद्यालय जनाएको छ ।

स्मार्ट कार्ड प्रत्येक विद्यार्थीलाई एक एक वटा उपलब्ध गराईनेछ । एउटा कार्ड एक पटक मात्र प्रयोग गर्न सकिन्छ । मेसिनभित्र ५० वटा मात्र स्यानिटरी प्याड अटाउँछन् । प्याड सकिएपछि फेरि भर्न सकिन्छ । एवं रीतले यो मेसिन चालिरहन्छ ।

महिनावारीका कारण छात्राहरु दुई तीन दिनसम्म विद्यालय नआउने र आइहालेमा पनि स्यानिटरी प्याड प्रयोग गर्न नपाउने भएपछि कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता अन्त्य गर्न मेसिन मार्फत स्यानिटरी प्याड वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष सुवेदीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले ८८ हजार रुपैयाँमा मेसिन खरिद गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार