सरसफाइमा नेपालको दुई एजेण्डा, पीआरआई प्रविधिको प्रयोगबाट सरसफाइको समाधान

 

काठमाडौ : पोलिआइसोस्यानोरेट (पिआइआर) प्रविधिको प्रयोगबाट नेपालले सरसफाइमा फड्को मार्न सकिने कार्यक्रमका सहभागीहरुले बताएका छन् । ‘पीआरआई प्रविधिको प्रयोगबाट सरसफाइको समाधान’ बिषयक कार्यक्रममा पीआरआई प्रविधिबारे जानकारी गराएको हो ।

के हो पीआरआई प्रविधि ?

पोलिआइसोस्यानोरे (पिआइआर) यस्तो एउटा प्रविधि हो । जसको प्रयोगबाट कम लगानी र थोरै समयमा पनि वातावरणमैत्री, इटा भन्दा पनि टिकाउ र दरिलो निर्माण सम्भव हुन्छ । पिआइआर प्रविधिबाट बनाईएको शौचालय आगो, पानी र आवाज प्रतिरोधी हुने भारतको कोवास्ट्रोका कम्पनीका प्रबन्ध निर्देशक अजय दुरामी जानकारी दिनुभयो ।

कार्यक्रमकी प्रमुख अतिथि गरिबी निवारण मन्त्री पदमा अर्यालले सरकारले आफ्नो साधन स्रोतले नभ्याउने क्षेत्रमा निजी क्षेत्रको लगानीलाई सदैव प्रेरित गरिरहेको बताउनुभयो । उहाँले नेपालको २६ जिल्लामा गरिबीको तथ्याङ्क संकलन भईसकेको र ती प्रविधि गरिब जनतामैत्री पनि हुनुपर्ने बताउनुभयो ।

उहाँले जनता आवास कार्यक्रमसँग यो प्रविधिको शौचालयलाई जोड्न सके एकदम प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो ।

सरसफाइका दुई एजेण्डा : सदस्य सचिव झा

 

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाले असारभित्रै देशलाई खुलादिसामुक्त घोषणा गर्ने र लगत्तै देशैभरि पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्ने दुईवटा मात्र एजेण्डा रहेको बताउनुभयो । उहाँले पूर्ण सरसफाइका लागि ढल व्यवस्थापन र दिसाजन्य लेदो व्यवस्थापन मूख्य चुनौतीका रुपमा रहेकाले यस क्षेत्रमा पनि कोवास्ट्रोका कम्पनीले प्रविधि भित्र्याउन सकिने बताउनुभयो ।

‘नेपाल ढल व्यवस्थापनको क्षेत्रमा कमजोर छ, दिसाजन्य लेदो व्यवस्थापनको क्षेत्रमा काम केही काम गर्न सकिरहेको छैन, पूर्ण सरसफाइका लागि यही दुईटा बिषय चुनौतीको रुपमा उभिएको छ, यस क्षेत्रमा यहाँहरुसँग केही प्रविधि छन् भने हामी स्वागत गर्छौं, आउनुहोस्, मिलेर सञ्चालन गरौं’ उहाँले विशेष आग्रह गर्नुभयो ।

दिसाजन्य लेदोको समस्या तराईमा त झनै भयावह रहेको उहाँको भनाई थियो । ‘तराईमा स्यालो ट्यूबवेल र सेफ्टी ट्याङ्की जोडिएरै बनाएको छ । अब सेफ्टी ट्याङक बिस्तारै भरिदैछ । त्यो भरिएपछि कस्तो अवस्था आउँला ? हामीले अहिले नै ध्यान दिन जरुरी छ ।’ उहाँले भन्नुभयो ।

साँचो हस्तान्तरण

भारतको कोवास्ट्रोका कम्पनीको सहकार्यमा बनेका शौचालयको साँचो हन्तान्तरण गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि गरिबी निवारण मन्त्री पदमा अर्यालले सम्बन्धित विद्यालय तथा समुदायलाई साँचो हस्तान्तरण गर्नुभयो ।

काभ्रेको नाला तथा धुलिखेल, काठमाडौको किर्तिपुर, बर्दिबासको लक्ष्मीनियाँ र पुल्कहा टोलमा गरी २ वटा सामुदायिक बिद्यालय, ५० वटा व्यक्तिगत घर र ३ वटा सामुदायिक शौचालय निर्माण भइरहेको छ ।

भारतको कोवास्ट्रोका कम्पनीसँग गुथी, SELF नेपाल, Centre For Integrated Urban Development (CIUD) र खानेपानी तथा ढल व्यवस्थापन विभागले सहकार्य गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार