ललितपुर : गोदावरी नगरपालिकाको वडा नं. १ र १४ का स्थानीय बासिन्दा र महानगरीय प्रहरी बाडेगाउको सहकार्यमा घरदैलो कार्यक्रम गरिएको छ ।
सफाइका लागि महिनामा एक पटक जनचेतना तथा दबाबमूलक घरदैलो कार्यक्रम गर्ने योजना अन्तर्गत घरदैलो तथा सफाइ कार्यक्रम गरिएको गोदावरी सरसफाइ अभियानकी संयोजक बेबी थापाले जानकारी दिनुभयो ।
गोदावरी क्षेत्रलाई फोहोरमुक्त बनाऔं भन्ने नारा सहित गरिएको कार्यक्रमबाट करिब साढे एक टन फोहोर व्यवस्थापन गरिएको संयोजक थापाले जानकारी दिनुभयो । आजको फोहोर ब्यवस्थापनको काम नेप्को नेपाल ठैवको सहकार्यमा गरिएको हो ।