पानी खोसाखोस भयो ? पानीको न्यायोचित वितरण गर्न बनाउनुहोस्, जलउपयोग गुरुयोजना

काठमाडौ : मानौं, गाउँमा पानीको एउटै मात्र मुहान छ । त्यही पानीबाट खानेपानीको आपूर्ति गर्नुछ । सिचाई, पशुपालन र माछा पालनका लागि पनि त्यही पानीको स्रोतमा निर्भर छन् । मानिसलाई त्यही पानीबाट सानो बिजुली पनि निकाल्नुछ । कतिले त्यही पानीको माध्यमबाट घट्ट सन्चालन पनि गर्न लागिरहेका छन् ।

जब कुनै ठाउँमा प्रशस्त मात्रामा पानी उपलब्ध हुँदैन वा एउटा स्रोतमा मात्र निर्भर हुनुपर्ने अवस्था आउन सक्छ । यसले पानीको यत्ति धेरै मागहरु धान्न नसकी मानिसहरु बीच द्वन्द्ध सिर्जना हुनसक्छ ।

पानीको विविध खाले समस्या समाधानको एउटै उपाय छ, त्यो हो जलउपयोग गुरुयोजना बनाउने । जलउपयोग गुरुयोजनाले जलस्रोतको न्यायोचित, किफायती तथा दिगो उपयोग मार्फत सबैको समृद्धि तथा जीविकोपार्जनमा सुधार ल्याउँछ ।

पानीको स्रोतको कमी भएको ठाउँमा यी अवस्थाहरु अहिले नै देखिन थालेका छन् । भएका पानीका स्रोत पनि दिन प्रति दिन सुक्दै जान थालेको छ । सुख्खा याम सँगै पानीको स्रोत घट्दै जाँदा कतिपय ठाउँमा अहिले नै पानीको हाहाकार हुना थालेको छ ।

एकातिर पानीका स्रोतहरु सुक्दै गएका छन् । अर्कातिर एक घर एक धाराको सरकारी नीति र दिगो विकासका लक्ष्य अनुरुप सार्वजनिक धाराको सट्टामा निजी धारा जडानको अवधारणाका कारण पनि पानीको माग बृद्धि हुँदै गएको छ । यसले गर्दा पानीको स्रोतमा अझ ठूलो दबाब सिर्जना हुने निश्चित छ ।

पानीको विविध खाले समस्या समाधानको एउटै उपाय छ, त्यो हो जलउपयोग गुरुयोजना बनाउने । जलउपयोग गुरुयोजनाले जलस्रोतको न्यायोचित, किफायती तथा दिगो उपयोग मार्फत सबैको समृद्धि तथा जीविकोपार्जनमा सुधार ल्याउँछ ।

‘जलउपयोग गुरुयोजना मार्गदर्शन’ सरकारले तयार पारिसकेको छ । २०७३ सालमै खानेपानी मन्त्रालय र संघीय मामिला मन्त्रालयले तयार पारेको मार्गदर्शनमा जलउपयोग गुरुयोजनाको अवधारणा, जलउपयोग गुरुयोजनाका उद्देश्यहरु, जलउपयोग गुरुयोजनाका मार्गदर्शक सिद्धान्तहरु, जलउपयोग गुरुयोजना विधिका सीमाहरु, जलउपयोग गुरुयोजनाका चरण तथा खुड्किलाहरु, गुरुयोजना तर्जुमा विधि तथा प्रक्रिया लगायत समेटिएका छन् ।

जलउपयोग गुरुयोजनाले पानीको प्रभावकारी उपयोग मार्फत स्थानीय उत्पादकत्व बढाउन मद्दत गर्दछ । एउटा राम्रो सँग तयार पारिएको जलउपयोग गुरुयोजनाले घरेलु, स्वास्थ्य, पोषण, उत्पादनशील उपयोग तथा जीवकोपार्जन लगायत सबै आवश्यकताको सम्बोधन गर्दछ ।

यसले सबैको हितका लागि समुदायमा जल सुरक्षाको सुनिश्चितताका लागि के गर्न सकिन्छ भन्ने मार्गदर्शन गर्दछ । यसर्थ सम्बन्धित गाउँपालिका तथा नगरपालिकाले जलउपयोग गुरुयोजना निर्माण गरी लागु गर्न सके खानेपानीको न्यायोचित वितरण मार्फत पानीको स्रोतमा आउने अत्यधिक मागलाई व्यवस्थापन गर्न सकिन्छ ।

‘जलउपयोग गुरुयोजना मार्गदर्शन २०७३’ हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

https://mowss.gov.np/assets/uploads/files/Brief_Guideline_for_Preparation_of_Water_Use_Master_Plan


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार