सरसफाइ सम्बन्धी विद्यालय स्तरीय जनचेतनामूलक कार्यक्रम

काठमाडौ : गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले ब्लु बर्ड स्कुल ठैबमा विद्यालय स्तरीय जनचेतनामूलक कार्यक्रम गरेको छ । गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानले फोहोरमैला व्यवस्थापनका बिषयमा विद्यालयमा अध्ययनरत बालबालिकालाई सचेतना जगाउने उद्देश्यले सचेतनामूलक कार्यक्रम गरिएको अभियानकी संयोजक बेबी राजभण्डारी थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा गोदावरी सरसफाइ अभियन्ता डा. निर्जना थापा र पुनर्जागरण महिला सङ्गतिका भावना अधिकारीले स्वच्छताका बिषयमा सहजीकरण गर्नुभएको थियो । यस्तै सरसफाइ अभियानमा महिला तथा बालबालिकाको महत्व र भूमिका, नेपालको कानुनमा फोहोर गर्नेलाइ हुने दण्ड जरिवाना, हालसम्म चलेका अभियानको उपलब्धीका बिषयमा सरसफाइ अभियन्ता धिरेन्द्र कुमार शाह, चित्र सुनुवार, शोभाकान्त पाण्डे, ,कान्छो अभियन्ता केपी खनालले सहजीकरण गर्नुभएको थियो ।

नेप्सेम्याकका लक्ष्मी घिमिरे र नेप्को नेपालका सागर अर्यालले भने फोहोरको वर्गीकरणको बिषयमा प्रकाश पार्नुभएको थियो ।

 

कार्यक्रममा गायक तिलक बस्नेतले जनचेतनामूलक गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेप्को नेपालका रीता नेपाल, प्रहरी प्रभाग बाडेगाउका टीम सहभागी थिए ।

जनचेतनामूलक कार्यक्रम नेप्को नेपाल ठैब, पुनर्जागरण महिला सङ्गति, सन्नी गल्स् स्यानिटरी प्याड र ब्लु बर्ड स्कुलको सहकार्यमा दगिभदष्चम सम्पन्न भएको संयोजक बेबी राजभण्डारी थापाले जानकारी दिनुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार