असार मसान्तभित्र आयोजना सम्पन्न गर्न फण्ड बोर्डको आग्रह, निर्धारित समयमा काम नसके बोर्डले दायित्व वहन नगर्ने

काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले बोर्डको आर्थिक सहयोगमा देशका विभिन्न जिल्लामा सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाहरु असार मसान्तभित्र सम्पन्न गर्न आग्रह गरेको छ ।

निर्धारित समयभित्र सम्पन्न नभएको आयोजनाको कुनै दायित्व वहन नगर्ने बरु सहयोगी संस्था उपभोक्ता समिति, एवं सेवा मूलक निकाय कार्वाहीको भागीदार हुनुपर्ने समितिले जनाएको छ ।

विगतमा प्राविधिक कारणले केही समय कोष विकास समितिको गतिविधिमा अवरोध उत्पन्न भए पनि अहिले सम्पूर्ण गतिविधिहरु सञ्चालन भईसकेको र आयोजनाका क्रियाकलापमा कुनै समस्या नहोस् भन्ने उद्देश्यले आयोजनाको म्याद २०७६ असार १५ सम्म थप गरिएको फण्ड बोर्डले जनाएको छ ।

फण्ड बोर्डको आर्थिक सहयोगमा दशौं समूह अन्तर्गत विभिन्न सहयोगी संस्था (गैर सरकारी संस्था) हरुको सहजीकरण तथा प्राविधिक सहयोग एवं उपभोक्ताहरुको प्रत्यक्ष संलग्नतामा देशका विभिन्न जिल्लामा खानेपानी तथा सरसफाइ आयोजनाहरु निर्माणको अन्तिम चरणमा छन् ।

निर्धारित समयभित्र सम्पन्न नभएको आयोजनाको कुनै दायित्व वहन नगर्ने बरु सहयोगी संस्था उपभोक्ता समिति, एवं सेवा मूलक निकाय कार्वाहीको भागीदार हुनुपर्ने समितिले जनाएको छ ।

कथंकदाचित केही समस्याले काममा अवरोध भएको भए सो को जानकारी कोष विकास समितिका सूचना अधिकारीकोे फोन नं. – ९८५११४७२०१ मा गराउन पनि फण्ड बोर्डले आग्रह गरेकोछ  ।

 

जिम्मेवारी पूरा गर्नेलाई प्रोत्साहन

 

 

दशौं समूह अन्तर्गत निर्माणाधीन खानेपानी तथा सरसफाइ आयोजनाहरुको सम्पन्नताको म्याद समाप्त हुनै लागेको र ती आयोजना निर्धारित समयमै सम्पन्न गर्ने सहयोगी संस्था र सेवामूलक निकायहरुलाई प्रोत्साहन गरिने फण्ड बोर्डले जनाएको छ ।

दिइएको मिति भित्र कार्य सम्पन्न नगर्ने सहयोगी संस्था उपभोक्ता समिति, एवं सेवामूलक निकायहरुलाई बोर्डले नियमानुसार कारवाही गर्ने जनाएको छ ।

 

स्थानीय सरकारबाट सहयोगको याचना

 

गाउँपालिका/नगरपालिका क्षेत्रभित्र फण्ड बोर्डको आर्थिक सहयोगमा सञ्चालित कुनै आयोजना भए जानकारी गराउन, अद्यावधिक गर्न र समयमै सम्पन्न गराउन सहयोगीको भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

फण्ड बोर्डले आयोजनाको अद्यावधिक अवस्थाबारे जानकारी लिन र  सम्बन्धित सहयोगी संस्था (गैर सरकारी संस्था) उपभोक्ता समितिलाई क्रियाशील बनाई निर्धारित समय भित्र कार्य सम्पन्न गराउने कार्यमा सहयोग गर्न सम्बन्धित गाउँपालिका/नगरपालिकालाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार