खानेपानी, सरसफाइ र स्वच्छता प्रबर्धनका लागि ८ बुँदे बाजुरा प्रतिबद्धता जारी

 

बाजुरा : खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी गाउँ/नगरपालिका तहले आ – आफ्नो नीति तर्जुमा गर्ने लगायत ८ बुँदे बाजुरा प्रतिबद्धता २०७६ जारी गरिएको छ । बाजुरा जिल्लाको सबै स्थानीय तहका जनप्रतिनिधीहरुको लागि आयोजित खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रमले वास प्रबर्धन गर्न प्रतिबद्धता जाहेर गरेको हो ।

राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र, खानेपानी तथा ढल व्यवस्थापन विभाग र जिल्ला समन्वय समिति बाजुराको सहकार्यमा आयोजित अभिमुखीकरण कार्यक्रम पछि जारी प्रतिबद्धता पत्रमा जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधीहरुले हस्ताक्षर गरेका छन् ।

यी हुन् ८ बुँदे प्रतिबद्धता

१. खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी गाउँ/नगरपालिका तहले आ – आफ्नो नीति तर्जुमा गर्ने

२. गाउँपालिका÷नगरपालिका र वडा तहमा खानेपानी, सरसफाइ र स्वच्छता समन्वय समिति (वास सीसी) गठन/पुनर्गठन गरी नियमित रुपमा वास सम्बन्धी बैठक, छलफल र समीक्षा गर्ने र ती समितिहरुलाई क्रियाशील बनाउने ।

३. पहुँच नपुगेका समुदायलाई विशेष ध्यान दिई तथ्याङ्क संकलन/अद्यावधिक गरी वास सम्बन्धी प्रोफाइल तयार गर्ने ।

४. सम्पूर्ण गाउँ/नगरपालिका र वडा तहमा दिगो व्यवस्थित र व्यवसायिक रुपमा वास प्रबर्धनका लागि वास समन्वय समिति र उपभोक्ता समितिका पदाधिकारीहरु लगायतका शिक्षक, उत्प्रेरक, सहजकर्ता, प्राविधिक र अन्य सरोकारवालाहरुलाई तालिम प्रदान गर्ने र सामुदायिक सचेतनाका क्रियाकलापहरुलाई तिब्रता दिने ।

५. गाउँ/नगरपालिका र वडा तहको नतिजामुखी वास प्लान तर्जुमा गर्ने र गाउँ/नगरपालिकाबाट तर्जुमा हुने विकास निर्माण सँग सम्बन्धित नीतिहरुमा वासका बिषयहरु समावेश गर्ने

६. हरेक गाउँ/नगरपालिकाले आफ्नो वास योजना अनुरुप आवश्यक बजेट व्यवस्थापन गरी पानी प्रशोधन, खानेपानी सुरक्षा योजना, खानेपानीको स्रोत/मुहान संरक्षण, गोठ व्यवस्थापन, पानीको अभावग्रस्त स्थानहरुमा बर्षातको पानी संकलन र पूर्ण सरसफाइ सम्बन्धी निर्माण र सचेतनामूलक क्रियाकलापहरु प्रबर्धन गर्ने ।

७. सबै तहका सरकार, विकास साझेदार र निजी क्षेत्र सँग सहकार्य सुदृढ गरी आर्थिक र प्राविधिक रुपमाले जटिल देखिएका आयोजनाको लागि थप लगानी सुनिश्चित गर्ने र लागत साझेदारीको अवधारणामा जलवायु परिवर्तन र विपत सहनशील विधि एवं प्रविधि अवलम्बन गरी वास योजना संकलन गर्ने ।

८. एक घर एक धाराको नीति लागु गर्नुका साथै मर्मत सम्भार कोष स्थापना गरी वास सम्बन्धी संरचनाको मर्मत सम्भार र सेवाको सुचारुपनमा सुधार गर्ने ।ता रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार