किशोरीलाई महिनावारी सुरक्षा र प्याड बनाउने तालिम

🔗
7
Shares

काठमाडौ : नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महाबौद्ध मावि याल्वाङमा अध्ययनरत ८१ किशोरीलाई महिनावारी हुँदा स्वास्थ्य रहनुपर्ने तरिका तथा प्याड बनाउन एक दिने तालिम दिइएको छ ।

महिलालाई महिनावारीको समयमा सुरक्षित राख्नका लागि पहिलोपटक उक्त गाउँपालिकाको वडा नं ५ मा रहेको महाबौद्ध माध्यामिक विद्यालयमा अध्ययनरत मावि स्तरका किशोरी र अन्य किशोरीलाई महिनावारीमा सुरक्षित रहन र प्याड बनाउने तालिम दिएको स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले जानकारी दिनुभयो ।

अधिकांश गाउँमा महिलाले लाजमान्दै रोग लुकाउने गर्दा पछि नराम्रो परिणाम नराम्रो आउने भएकाले लाज नमानी आफूलाई लागेको रोगका बारेमा जानकारी गराउन आग्रह गर्दै उहाँले विकृति, विसङ्गति र अन्धविश्वास अन्त्य गर्न पहल गरिने बताउनुभयो ।

हरेक किशोरी तथा प्रौढ महिलामा महिनावारीमा सुधार ल्याउनका साथै सरसफाइमा ध्यान दिन तालिम आयोजना गरिएको स्वास्थ्य शाखाका सहसंयोजक दानबहादुर बोहोराले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार