महिनावारी स्वच्छता अभियानमा जुट्यो, पचालझरना

 

कालिकोट : कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले महिनावारी स्वच्छता दिवस भव्य तरिकाले बनाउने भएको छ । पचालझरना गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा समन्वय बसेको बैठकले दिवसलाई अभियानकै रुपमा मनाउने निर्णय गरेको हो ।

महिनावारी स्वच्छता दिवसका सरोकारवाला निकायहरु नेपाल रेडक्रस सोसाइटी, आवाज नेपाल, एक्सन वर्कस नेपाल, राम्नाकोट स्वास्थ्य चौकीको सहभागितामा १४ विभिन्न कार्यक्रम गर्ने सहमति भएको छ।

महिनावारी स्वच्छता अभियानलाई भब्य रुपमा मनाउने गरी सचेतनामुलक गतिबिधि तयार गरिएको स्वास्थ्य संयोजक चन्द्रेश्वर शाहले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार