पूर्ण सरसफाइ सम्बन्धी सडक नाटक प्रदर्शन

🔗
46
Shares


बाँके : बाँकेको जानकी गाउँपालिकाको वडा नं. २ र ६ मा पूर्ण सरसफाइ सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । श्री माध्यमिक बिद्यालय जोगागाउँका बिद्यार्थीहरुले वडा नं–२ को बेलभार र ६ नम्बरको भाटनपुर्वामा नाटक प्रदर्शन गरेका हुन् । गाउँ घरलाई सफा बनाई, महिनावारीका बेला हुन सक्ने संक्रमणबाट जोगिई महिनावारीलाई सुरक्षित बनाउने, खुल्ला दिसामुक्त नेपाल घोषणा भएपनि चलन चल्तीमा रहेको व्यवहारलाई सुधार गर्नुपर्ने नाटकमा सन्देश प्रवाह गरिएको थियो ।

गाउँ–टोललाई सरसफाइयुक्त बनाउने सन्देश समावेश गरिएको नाटकमा जोगागाउँ बिद्यालयका बिद्यार्थी जुबेदा वागवान, सब्बेनुर हलवाई, गणेश यादव, सिताराम कहार, शर्मिला हरिजन, रेखा काँदु, अफसरजहा हलवाई, कमला यादव, रोहित कोरी लगायत टिमले महिनावारी स्वच्छता, खुल्ला दिसामुक्त अभियानलाई समेटेर नाटक प्रस्तुत गरेका हुन । जोगागाउँ माध्यमिक विद्यालयका बिद्यार्थीहरुले पहिलो पटक क्षमता प्रदर्शन गर्ने अवसरका रुपमा सो नाटकमा सहभागिता जनाएका छन् ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा गेरुवा ग्रामीण जागरण संघ, बर्दिया नामक संस्थाले दुई वटै टोलमा पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमले समुदायमा परिवर्तन देखिएको जानकी गाउँपालिका वडा नं–२ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले बताउनुभयो । सडक नाटक मार्फत बिद्यार्थीहरुले गरेको मेहनतबाट समुदायमा आउन सक्ने बिभिन्न खालका महामारीबाट बच्न सहयोग पु¥याउने आशा व्यक्त गर्नुभयो । साथै सो अवसरमा कोरोना भाइरसबाट बच्न सक्ने उपायका बारेमा समेत सर्वसाधारणलाई जानकारी गराइएको थियो । बेलभारस्थित प्रहरी चौकीले कोरोना भाइरसबारे र यसबाट बच्न सकिने उपायका बारेमा सर्वसाधारणलाई जानकारी गराएको हो । पत्रकार भिष्म लोधको लेखन तथा निर्देशनमा नाटक तयार गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार