
ललितपुर : महिला तथा बालबालिकाको पहलमा हरेक शनिबार बिहान ७:३० देखि ९:३० सम्म सञ्चालन हुँदै आएको गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको ५७ औं हप्ताको कार्यक्रम सम्पन्न भएको छ । सरसफाइ अभियानलाई विगत केही हप्ता यता कोरोना भाइरस विरुद्ध जनचेतनामूलक कार्यक्रममा रुपान्तरण गरी सञ्चालन गर्दै आएको अभियानकी संयोजक बेबि राजभण्डारीले जानकारी दिनुभयो ।
५७ औं हप्ताको कार्यक्रममा दुई समूहमा विभाजन भई एउटा समूहले गोदावरी नगरपालिकाको वडा नंं. १, २, ३, १४ र अर्को समूहले महालक्ष्मी नगरपालिकाको वडा नंं. ५, ६, ७, ८, ९ र १० गरी १० वटा वडाहरुमा कोरोना भाइरस विरुद्धको सचेतना अभियान, सरसफाइ र फोहोरमैला ब्यस्थापनका बिषयमा जनचेतनामूलक कार्यक्रम गरिएको थियो ।

अभियानको क्रममा घरमै बसेर लकडाउनको पूर्ण पालना गर्न, साबुन पानीले हात धुन, र आफ्नो घर आँगन तथा वरिपरिको वातावरण सफा राख्न अडियो सन्देश प्रसारण गरिएको संयोजक राजभण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा गोदावरी अभियन्ताहरु शेखर गिरी, सुबोध थापा, दिलेन्द्र थापा, रेडियो पर्यावरण चक्र १०४.२ मेगाहर्जका कार्यक्रम प्रस्तोता अनिता महर्जन, कलाकार राज घिमिरे र अभियानकी संयोजक बेबि राजभण्डारी लगायत सहभागी हुनुहुन्थ्यो ।


1157 पटक हेरिएको 

