लायन्स क्लव र नेता कार्कीद्वारा स्वास्थ्य तथा स्वच्छता सामग्री वितरण

सोलुखुम्बु : लायन्स क्लब अफ काठमाडौ क्यापिटल र नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता एवं समाजसेवी प्रकाश सिंह कार्कीको सहकार्यमा जिल्ला अस्पताल फाप्लु सहित विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य तथा स्वच्छता सामग्री प्रदान गरिएको छ । नेता कार्की र लायन्स क्लब अफ काठमाडौ क्यापिटलकी अध्यक्ष मन्दिरा बस्नेत कार्कीको उपस्थितिमा जिल्ला अस्पताल फाप्लु, सोलु दुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका, महाकुलुङ गाउँपालिका, सोताङ गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका, लिखुपिके गाउँपालिका तथा सोलुखुम्बुका विभिन्न स्वास्थ्य संस्थाका लागि पिपिइ, थर्मलगन, माक्स, स्यानिटाइजर, साबुन लगायतका सामाग्री वितरण गरिएको हो ।

स्वास्थ्य तथा स्वच्छता सामग्री वितरण कार्यक्रममा नेपाली काङ्ग्रेस सभापति बिनोद कुमार बस्नेत, काङ्ग्रेस नेता राम बहादुर बस्नेत, जिल्ला समन्वय समितिका अध्यक्ष बीर कुमार राई, समन्वय समितिका अन्य पदाधिकारी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायत उपस्थित हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार