विश्व वातावरण दिवसको अवसरमा सचेतना बोर्ड स्थापना

काठमाडौ : गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले विश्व वातावरण दिवसको अवसर पारी सचेतना बोर्ड स्थापना गरेको छ । सरसफाइ अभियन्ताहरुले सरसफाइ गर्नुका साथै सचेतना बोर्ड राखिएको गोदावरी खोलाक्षेत्र सरसफाइ अभियानकी संयोजक बेबी राजभण्डारी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जैविक विविधतालाइ जोगाउनका लागि बाताबरण मैत्री व्यवहार गर्न आग्रह गदैं लकडाउनको समयमा भीडभाड नगरी सन्देशमूलक बोर्ड राख्ने र सरसफाइ गर्ने काम गरिएको हो ।

कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा गोदावरी खोलाक्षेत्र सरसफाइ अभियानका सक्रिय अभियन्ताहरु नारायणी पाण्डे, सुबोध थापा, एन बि लिम्बू, सुनगाभा बहुउद्देश्यीय महिला सहकारीका अध्यक्ष निर्मला छेत्री, सचिब करुना मगर र ब्यबसायी केदार श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो । उक्त अवसरमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बाताबरण जोगाउन सबैको प्रयास हुनुपर्ने बताउनुभयो । उहाँले सरसफाइलाई विशेष ध्यान दिन आग्रह गर्दै विश्व बाताबरण दिवसको शुभकामना ब्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार