
बर्दिया : बर्दिया जिल्लाको ८ वटै स्थानीय तहमा अन्तिम चरणमा पुगेको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) निर्माणको काम अलपत्र परेको छ । निर्माणको करिब अन्तिम अवस्थामा पुग्दा कोरोना भाइरसका देशमा लकडाउन भएपछि काम अगाडि बढाउन नसकिएको बर्दिया जिल्ला वास प्लान संयोजक यज्ञ राज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहहरुमा तथ्यांक संकलनको काम अन्तिम चरण पुगेको छ । भौतिक पुर्बधार मन्त्रालय प्रदेस नं ५ को सहजीकरण तथा पालिका हरुसँगको समन्वयमा वास प्लान निर्माणको काम अगाडि बढेको थियो । हाल सम्मको प्रगति हेर्दा बर्दिया जिल्लाका ६ वटा स्थानीय तहहरु राजापुर, ठाकुरबाबा, बाँसगढी, बारबर्दिया नगरपालिका, गेरुवा र बढैयाताल गाउँपालिकाको स्थानिय वास योजना तर्जुमा प्रक्रिया अनुसारको काम अन्तिम चरणमा पुगेको छ । बाँकी रहेका २ वटा पालिका गुलरिया र मधुवन नगरपालिकाको काम भने सुरुवात चरणमा छ ।
कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सबै स्थानीय तहहरुले लकडाउन खुलेपछि अर्को आर्थिक बर्षको सुरुवातमै काम सम्पन्न गर्ने गरी बजेट बिनियोजनको तयारी समेत गरेको वास प्लान संयोजक जोशीले जानकारी दिनुभयो ।


1453 पटक हेरिएको 

