पूर्ण सरसफाइको सूचक मध्येको एक, सुरक्षित खाना कसरी बनाउने ?

🔗
18
Shares


काठमाडौ : घरायसी जीवनको महत्वपूर्ण पाटो भनेको परिवारको खाना बनाउनु हो । तर खाना र खाना बनाइने सतहहरूले धेरै किसिमका कीटाणुहरूलाई बोकेको हुन सक्दछन् । कीटाणुहरूबाट दूषित खाना वा पेय पदार्थ खाँदा खानाको विष लाग्ने, पेट दुख्ने, शरीरको कुनै अंगमा मांशपेशीहरू कस्सिएर हुने दुखाइ, झाडापखाला, पेट सुन्निन, परजीवीको आक्रमण, ज्वरो, हेपाटाइटिस, टाइफाइड, कमजोरी र जलअल्पता कब्जियत र अन्य समस्याहरू हुन सक्दछन् ।

घरमा खानाजन्य बिमारी घटाउन

बिग्रेको खानाः

खराब गन्ध आउने वा ढुसी भएको वा अनौठो बनौट भएको खानालाई फ्याल्नुहोस् । छिद्रहरू भएको वा खुलेको क्यानहरूको खाना नखानुहोस् । किनकि क्यानभित्र पहिले नै भएका कीटाणुहरूले खानालाई बिगारिसकेका हुन्छन् ।

खानाको हेरचाहः

खाना बनाउनुभन्दा पहिले र पछि हात धुनुहोस् ।

खानाको सतहहरूः

खाना बनाउनु र खानु अघि र पछि तातो पानी र साबुनले थालहरू भाँडाहरू र खाना बनाइने भागहरू सफा गर्नुहोस् । भान्साका सतहहरू सफा गर्ने प्रयोग गरिने साबुनले धोएर घाममा सुकाउनुहोस् वा आइरन लगाउनुहोस् ।

फलफूल र तरकारीहरूः

खानु अघि सबै फलफूल र तरकारीहरूलाई धुनुहोस् वा तास्नुहोस् ।

पकाउनेः

तापले कीटाणुहरू मार्दछ । खाना सुरक्षित छ भनेर सुनिश्चित हुन यो राम्ररी पाकेको पक्का हुनुहोस् र पाकिसकेपछि चाँडै नै खानुहोस् । मासुहरू रगतमय वा रातो रङ्गको नहोउन्जेलसम्मा पकाउनुहोस् । अण्डाहरू पहेंलो भाग र सेतो भाग साह्रो नहोउन्जेलसम्म पकाउनुहोस् । काँटाले सजिलै साना साना टुक्रा नहुन्जेल माछालाई पकाउनुहोस् ।

मासुको हेरचाह र भण्डारणः

नपकाइएको मासु, कुखुरा र माछाहरूबाट कीटाणुहरू सजिलै अन्य खानाहरूमा फैलने हुँदा मासुलाई छुट्टै भण्डार गर्नुहोस् वा पोको पार्नुहोस् ताकि त्यसबाट निस्कने झोल अन्य खानामा नजाओस् । मासु बनाउनका लागि छुट्टै चक्कु र काट्ने भाँडाको प्रयोग गर्नुहोस् र ती अन्य सामग्रीहरूलाई अरु खाद्य चिजहरू काट्नु अघि साबुन र तातो पानीले राम्रोसँग पखाल्नुहोस् । काँचो मासु राखिएको प्लेट वा सतहमा पाकेको खाना राख्नलाई सुरक्षित मान्न सकिंदैन ।

सुरक्षित खाद्य भण्डारणः

बचेको खानालाई सुरक्षित कन्टेनरहरूमा चिसो र सुख्खा स्थानमा राम्रोसँग भण्डारण गर्नुहोस् र फोहरलाई तुरन्तै विसर्जन गर्नुहोस् ।

 

कामजन्य खतरा घरमा ननिम्त्याउ

खेतको काम, खानी उत्खनन, स्वास्थ्य सेवा र कलकारखानाको काममा विषाक्त पदार्थहरू प्रयोग गर्ने मानिसहरूले तिनीहरूका लुगाहरू र शरीरहरूमा विषाक्त पदार्थलाई घरमा ल्याउँछन् । यसले कामदारहरू र तिनीहरूका घरका जो कोहीलाई पनि हानी गर्न सक्दछ । धेरैजसो स्वास्थ्य समस्याहरू विषाक्त पदार्थहरू र खतरनाक उपकरणहरूको काम जस्तैः विद्युतकणीय वा ब्याट्री वा कम्प्युटरहरू एकत्रित गर्ने घरमा हुन्छन्। घरमा यस्तो किसिमको काम गर्नु खतरनाक छ किनकि कम्पनीहरूले घरमा काम गर्ने मानिसहरूलाई प्रायःजसोे सुरक्षित उपकरण उपलब्ध गराउँदैनन् । सबै कामदारहरूले पाउनुपर्ने अधिकारहरू राम्रो ज्याला समेत तिनीहरूले दिंदैनन् । यस्तो खतरनाक कामले परिवारका अन्य सदस्यहरू विशेषगरी बालबालिकाहरूलाई समेत विषाक्त पदार्थहरूसँग सम्पर्क गराउँछ । घरमा खतरनाक चिजहरूसँग काम गर्दा सावधानी लिनुहोस्

♦ तपाईले कुन रसायनहरू प्रयोग गरिरहनुभएको छ र कसरी तिनीहरूलाई सुरक्षित रूपले प्रयोग गर्ने भनेर जान्नुहोस् ।

♦ त्यहाँ उचित भेन्टिलेसन छ भनेर सुनिश्चित हुनुहोस्।

♦ उपलब्ध भएसम्म सुरक्षा सामग्री/उपकरणको प्रयोग गर्नुहोस् ।

♦ काम गर्ने क्षेत्रहरू र सामानहरूबाट बच्चाहरूलाई टाढै राख्नुहोस् ।

♦ तपाइले थकान गराउने गरी र तपाईको कामलाई खतरनाक बनाउने गरी लामो समयसम्म काम गर्न कोशिस गर्नुहुन्न ।

♦ उस्तै काम गर्ने अन्य मानिसहरूसँग कुराकानी गर्नुहोस् र तपाईका स्वास्थ्य र सुरक्षाका अधिकारको मागका लागि संगठित हुनुहोस् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार