
कोरोनाले भन्यो घर बाहिर निस्क म भेट्न आउँछु
स्वास्थ्य सुरक्षामा चुक्यौ अब पृथ्वीबाटै लखेट्न आउँछु ।
साबुन पानीले हातधुन छाडि सक्यौ न छ सेनिटाइजर
अझै बेवास्ता गर्दै जाउ तिम्रो नामो निशान मेट्न आउँछु ।
घरभित्रै बस्नु सुरक्षित हुनु अरुलाई जोगाउनु भनेको
लगाएनौ मास्क पनि अति भो अब घाँटी अँचेट्न आउँछु ।
मेला र जात्रा भर्यौ बजारमा भीड गर्यौ दुरी कायम छैन
बलियो छु म केहि हुन्न भन्ने घमण्ड दपेट्न आउँछु ।
बाँचे संसार देखिन्छ मरे भोली दुई दिन खै सोचेको
सुरक्षित भएको भ्रममा नपर त्यो भ्रमको तार रेट्न आउँछु ।


1979 पटक हेरिएको 

