
सुनसरी : सुनसरी जिल्लाको विभिन्न नगरपालिका तथा गाउँपालिकामा हात धुने तरिकाको प्रदर्शनी तथा हाईजिन किट वितरण गरिएको छ । विश्व हात धुने दिवसको अवसर पारी प्लान इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा विभिन्न मितिमा हात धुने प्रदर्शनी तथा हाईजिन किट वितरण गरिएको हो ।
बराहक्षेत्र चेम्बर अफ कमर्सले आयोजना गरेको सरसफाइ अभियान तथा हात धुने प्रदर्शनीमा बराहक्षेत्रको वडा नं. १ र २ का १५० जनाको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

यस्तै सुनसरीकै गढी गाउँपालिकामा आयोजित हातधुने कार्यक्रममा गाउँपालिका कार्यालयका कर्मचारी र पालिकामा उपस्थित सेवाग्राही गरी ७५ जनाले हात धोएका थिए । उक्त कार्यक्रमको उदघाटन गाउँपालिकाकी उपाध्यक्ष राजकुमारी चौधरी गर्नुभएको थियो ।
यस्तै बराहक्षेत्रको वडा नं. ४ को ५६ वटा जोखिमपूर्ण समुदायमा हाईजिन किट वितरण गरिएको छ । बराहक्षेत्रका मेयर निलम खनाल स्वयं सहभागी भई उहाँले नै हाईजिन किट वितरण गर्नुभएको हो । बराहक्षेत्रको वडा नं. ४ मा गरिएको हात धुने प्रदर्शनीमा ६० महिला र बालबालिकाले सहभागिता जनाएका थिए ।
यस्तै बराहक्षेत्र नगरपालिकाको वडा नं.६ का ५६ जोखिमपूर्ण समुदायलाई पनि हाईजिन किट वितरण गरिएको छ । ६ नं. वडाका अध्यक्ष बीर बहादुर लिम्बुले हाईजिन किट वितरण गर्नुभएको हो । सोही वडामा गरिएको हात धुने प्रदर्शनीमा ४३ जनाले सहभागिता जनाएका थिए । यस्तै बरजु हेल्थ पोष्टका १५ जना स्टाफले समेत हात धुने प्रदर्शनीमा भाग लिएका थिए ।



1570 पटक हेरिएको 

