सडकले क्षति पुर्‍याएको खानेपानीको पाइप डेढ महिनापछि मर्मत

  वास खबर सम्वाददाता  552 पटक हेरिएको


सुर्खेत : कृषि सडक निर्माण गर्ने क्रममा क्षति पुगेको सुर्खेतको बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको खानेपानीको पाइप डेढ महिनापछि मर्मत गरिएको छ ।

बराहताल गाउँपालिका, वडा कार्यालय, खानेपानी उपभोक्ता र उपभोक्ता संस्थाको संयुक्त प्रयासबाट पाइप मर्मत गरिएको बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष अर्जुन बुचा मगरले जानकारी गराउनुभयो ।

‘गाउँपालिका र वडा नं. ८ को बजेट बाट १ लाख बराबरको पाइप खरिद गरेर उपलब्ध गराउनुभयो, उपभोक्ताहरुले पाइपलाइन बिछ्याउने काम गर्नुभयो, हामीले पाइपमा जडानको काम गर्‍यौं’ अध्यक्ष मगरले भन्नुभयो ।

गत चैत्र १ गते ओदालताल कृषि सडक निर्माण गर्ने क्रममा बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मार्फत वितरण भईरहेको खानेपानीको पाईप टुटफुट भएपछि बेलचौरका बासिन्दा खानेपानी सुविधाबाट बञ्चित भएका थिए ।

बेलचौर टोलको ठाउँ ठाउँमा गरी करिब ५ सय मिटर पाइपमा क्षति पुगेको थियो । बेलचौरका उपभोक्ताहरुले खानेपानी उपलब्ध गराईदिन उपभोक्ता संस्था समक्ष सामूहिक निवेदन दिएका थिए । आफूहरु खानेपानीबाट बञ्चित भएकाले तत्काल खानेपानी उपलब्ध गराईदिन माग गर्दै पटक पटक दबाब दिएका थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार