
धनगढी : धनगढी उपमहानगरपालिकामा पाँच करोड रुपियाँ बढीको लगानीमा दुईवटा ओभरहेड ट्याङ्क निर्माण भएको छ । उपमहानगरपालिकाको वडा नम्बर १ को शान्तिनगर र १२ को जुगेडामा ४५०/४५० घनमिटर क्षमताका दुई वटा ओभरहेड ट्याङ्क निर्माण गरिएको हो ।
दुईवटै ओभरहेड ट्याङ्कको संस्थानका अध्यक्ष गुणाखर भुषाल र महाप्रबन्धक इश्वरप्रसादले बुधबार संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
नेपाल खानेपानी संस्थान शाखा कार्यालय धनगढीको लगानीमा निर्माण सम्पन्न भएको वडा नम्बर १ को शान्तिनगरको ओभरहेड ट्याङ्कको लागत दुई करोड २२ लाख ५८ हजार रहेको छ । यस्तै वडा नम्बर १२ को जुगेडामा निर्मित ओभरहेड ट्याङ्कको लागि दुई करोड १० लाख ४५ हजारभन्दा बढी रुपियाँ खर्च भएको नेपाल खानेपानी संस्थान धनगढीका प्रमुख शैलेन्द्रकुमार साहले बताउनुभयो ।
ओभरहेड ट्याङ्कको निर्माण कार्य आर्थिक वर्ष २०७६/२०७७ मा शुरु भएको थियो ।


527 पटक हेरिएको 

