मेलम्चीको बाँकी पाईपलाइन विछ्याउन सडक खन्नु नपर्ने प्रविधि अपनाईने

  वास खबर सम्वाददाता  612 पटक हेरिएको

काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि पाईप लाइन बिछ्याउन बाँकी क्षेत्रमा सडक खन्नु नपर्ने प्रविधि (Horizontal Drive Drilling, HDD)अपनााईने भएको छ ।


पाइप विछ्याउन बाँकी रहेका चक्रपथभित्रको स्वयम्भु, बालुवाटार, महाराजगन्ज, धुम्बाराही लगायत स्थानहरू र चक्रपथ बाहिरका मण्डिखाटार, कपन, चाबहिल, बौद्धको दक्षिणी भागमा सम्भाव्यता हेरी सडक खन्नु नपर्ने प्रविधि (Horizontal Drive Drilling, HDD) अपनाईने आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का आयोजना निर्देशक राजेन्द्र सापकोटाले बताउनुभयो ।

दोस्रो चरण अन्तर्गत ती क्षेत्रहरुमा नेपाल सरकारको आफ्नै श्रोतबाट पाइप विछ्याउने कार्य भईरहेको । आयोजना निर्देशक सापकोटाका अनुसार करिब ८ सय किलोमिटर पाइपलाइन बिच्छ्याउने पर्नेमा हाल सम्म करिब ४ सय ३० किलोमिटर पाइपलाइन बिछ्याई सकेको छ । बाँकी पाइपलाइन आगामी आर्थिक बर्ष भित्र बिछ्याई परिक्षण कार्य शुरु गर्ने उहाँले बताउनुभयो ।

हालसम्म सुन्दरीजल देखि चक्रपथ वरिपरी निर्माण भएका पानीपोखरीहरू सम्म पानी पुर्याउने करिब ७६ कि।मि। थोक वितरण प्रणाली र १० वटा पानीपोखरीहरूको निर्माण सम्पन्न पश्चात सफलतापुर्वक परिक्षण तथा संचालन पश्चात यही माघ १६ गते काठमाडौँ उपत्यका खानेपानी ब्यबस्थापन बोर्ड एवं संचालनका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई हस्तान्तरण गरिसकेको छ ।

पिआईडीले पहिलो चरणमा एशियाली विकास बैंकको ऋण सहयोग तथा नेपाल सरकारको लगानीमा काठमाडौं उपत्यकाको चक्रपथ भित्रका अधिकांश क्षेत्रहरुमा १ हजार १० कि।लोमिटर भन्दा बढी खानेपानी वितरण सञ्जालका नयाँ खानेपानी पाइपलाइन बिच्छ्याइ सकेको जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार