काठमाडौ : ‘पहिले तीस फीट गहिराइमै भेटिने पानीको सतह अहिले ६० फिटमा पनि भेट्न मुश्किल छ’ ललितपुरका प्रकाश कर्माचार्यले भन्नुभयो ‘जमिन मुनिको पानी भासिदै गएको यो भन्दा अरु प्रमाण के चाहियो ?’ जमिन मुनिको पानी बोरिङ गर्ने तर जमिनमुनि छिर्ने अर्थात पुनर्भरण गर्ने काम नभएकाले जमिनमुनिको पानीको सतह दिनानुदिन घट्दै गएको हो ...
खानेपानी
-
-
विश्व निकेतन उच्च माविमा आकाशेपानी संकलनको यस्तो नमुना
साबित्री राजभण्डारी, काठमाडौ : काठमाडौको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन उच्च माध्यमिक विद्यालयले आकाशेपानीको संकलन गरी सरसफाइ र पिउनका लागि प्रयोग गरिरहेको छ । विद्यालयको ४ वटा भवनको छानाबाट पानी संकलन गरी शिशु देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थी र शिक्षक गरी झण्डै ३ हजार जनाले आकाशेपानी प्रयोग गर्दै आएको हो । जे...
-
सहलगानी खानेपानी आयोजना कार्यान्वयन निर्देशिका संशोधन
प्रसन्न तामाङ, काठमाडौं : सरकारले सहलगानी खानेपानी आयोजना कार्यान्वयन निर्देशिका २०७२ संशोधन गर्दै मानव विकास सूचकाङ्क कम भएका जिल्लाका लागि उपभोक्ताले व्यहोर्नुपर्ने आयोजनाको लागत तथा खर्चको स्रोत घटाएको छ भने सरकारले लगानी गर्ने पूँजीगत बजेट बढाएको छ । खानेपानी आयोजनाको सेवास्तर वृद्धि वा क्रमागत तथा नयाँ आयोजनाको न...
-
सुकेको ढुङ्गेधारामा पानी प्रवाह गर्ने ललितपुर महानगरको योजना
लिखिता बराल, ललितपुर : ललितपुर महानगरपालिका क्षेत्रभित्र कुनै समय खानेपानीको प्रमुख स्रोतको रुपमा रहेका तर अहिले सुकिसकेका ढुङ्गेधारामा फेरि पानी प्रवाह गर्न प्रयास गरिने भएको छ । ललितपुर महानगरपालिकाले ढुङ्गेधारा संरक्षणका लागि गर्न सकिने कामका विषयमा विज्ञ टोली गठन गरी छलफल चलाएको हो । टोलीले दुई चार चरणको छलफल तथा ...
-
रसुवाको ९० प्रतिशत पानीमा दिसामा पाइने जीवाणु भेटियो
रसुवा : रसुवाको ९० प्रतिशत खानेपानीमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाले १० वटा मुहानको नमूना संकलन गरी परिक्षण गर्दा ९ वटा मुहानको पानीमा कोलिफर्म भेटिएको कार्यालय प्रमुख डा.झलक गौतमले वताउनुभयो । कार्यालयले पार्वतीकुण्ड गाउँपालिकाको गत्लाङ, नौकुण्डको भोर्ले र सरमथली, गोसाइक...
-
नौ किलोमिटर चट्टान काटेर गाउँमा खानेपानी
रुकुम : रुकुमको आठबीसकोट नगरपालिका–३ स्यालाखदी गाउँमा नौ किलोमिटर चट्टान काटेर खानेपानीको व्यवस्था गरिएको छ । मुहानदेखि गाउँसम्म २४ किलोमिटर दुरी मध्ये नौ किलोमिटर चट्टान काटेर जिआइ पाइप मार्फत पानी ल्याएको उपभोक्ता समितिका अध्यक्ष कर्णनाथ योगीले जानकारी दिनुभयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक बर्ष २०६८/...
-
वर्षाले टार्छ खानेपानीको गर्जो
अर्घाखाँची : बल्कोटकी अस्मिता खनाललाई अहिले त्यति पानीको दुःख छैन । वर्षायाम भएकाले आकाशबाट पानी परेपछि खानेपानीको दु:ख टरेको हो । घण्टौं पैदल हिँडेर गाग्रीमा पानी त बोक्नुपर्छ । तर, हिउँदमा दैनिक तीन/चार गाग्री बोक्नुपथ्र्यो । अहिले एक गाग्री ल्याए पुग्छ । ‘घर छेउमा दुईवटा घैंटा छन्,’ उनले भनिन्, ‘घरको छानोको पानी त...
-
जार तथा बोतलको पानी पिउने गर्नुभएको छ ? सावधान ! यी कम्पनीका पानी नपिउनुहोस्
काठमाडौ : काठमाडौ उपत्यकामा जार तथा बोतल मार्फत खानेपानी विक्री गर्दै आएका २१ कम्पनीको पानी पिउन अयोग्य भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जार तथा बोतलमा पानी विक्री गर्दै आएका ६१ कम्पनीको पानी नमुना संकलन गरी परिक्षण गर्दा २१ वटा कम्पनीको पानी दुषित भेटिएको हो । विभागका सह–प्रवक्ता मदनकुमार चापागाईंका...
-
मेलम्चीको पाइप बिच्छ्याउन निर्देशनालय र निर्माण व्यवसायी बीच सम्झौता
काठमाडौं : मेलम्चीको पानी काठमाडौ उपत्यकाको विभिन्न भागमा वितरण गर्न पाइप विछ्याउने र उपभोक्ताको घरमा धारा बनाउने कामका लागि आयोजना कार्यान्वयन निर्देशनालय (मेलम्ची उपआयोजना–२) र निर्माण व्यवसायी बीच मंगलबार सम्झौता भएको छ । निर्देशनालयले यस अघि विस्तार गरेको ६ सय ७० किलोमिटरको वितरण सञ्जालले समेट्न नसकेका उपत्यकाको च...
-
गाउँमा खानेपानीको धारा बनेपछि खसी काटेर भोज
दिक्पाल गिरी, रामेछाप : कोही खसी काटेर भुत्ल्याउदै थिए, कोही चामलको चौलनी तर्दै थिए, मानिसको चहलपहल उस्तै थियो । साउण्ड बक्समा गीत पनि घन्किरहेको थियो । केटाकेटी, युवायुवती र वयस्क मानिसहरुको राम्रै जमघट थियो । झट्ट हेर्दा लाग्थ्यो त्यहाँ विहेबारी भइरहेको छ । तर यथार्थ फरक थियो । रामेछापको बढिमुहान गाउँमा खानेपानी उपलब...

