काठमाडौ : सरकारले फोहोर पानी र दिसाजन्य लेदो व्यवस्थापनमा देखिएको नीतिगत रिक्ततालाई हटाउन ढल व्यवस्थापन नीति २०७५ कार्यान्वयनमा ल्याएको छ । ढल व्यवस्थापन सम्बन्धी कामलाई नीतिगत रुपमै व्यवस्थित र निर्देशित गर्न गत कातिक २० गतेको मन्त्रीस्तरीय निर्णयबाट ढल व्यवस्थापन नीति स्वीकृत भइसकेको छ । यस अघि २०५१ मा बनेको “...
English
-
-
विशेष सरसफाइ अभियानको शुरुआत
बुटवल : सङ्घीयताको सन्देश जनतामा पु-याउने अभियानका रुपमा प्रदेश नं ५ सरकारले विभिन्न रचनात्मक कार्यक्रम गरी प्रदेश स्थापना दिवस आज मनाइयो । यही फागुन ४ गतेसम्म मनाउने सो दिवसको आज पहिलो दिन प्रदेशअन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्गको मुख्य बजार क्षेत्रमा विशेष सरसफाइ अभियानको शुरुआत गरिएको छ । यो कार्यक्रम अ...
-
फोहर व्यवस्थापन स्थलका लागि बोलपत्र आह्वान गरिँदै
काठमाडौ : शहरी विकास मन्त्रालयले यही फागुन अन्तिम सातासम्ममा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । अहिले निर्माणका लागि डिजाइन र माटो परीक्षणको काम भइरहेको छ । आगामी दुई हप्तामा उक्त काम सम्पन्न गरी निर्माणका लागि बोलपत्र आह्वान गरिने मन्त्रालयका सूचना अधिकारी गणेश कर्...
-
संसद बैठकमा चाउचाउको खोल फिर्ता गर्ने व्यवस्था गर्न माग
काठमाडौ : सांसद महेश बस्नेतले चाउचाउको खोल फिर्ता हुने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । संसदको आजको बैठकमा उहाँले सडक र नदी सफा गर्दा चाउचाउ, गुट्खाको खोल धेरै पाइएकाले चाउचाउ खाएपछि फिर्ता हुने व्यवस्था हुनुपर्ने माग गर्नुभयो । ‘सफाईमा गुट्खाको खोल धेरै पाइयो। त्यसैले गुट्खा बन्द गर्नुपर्छ,’ संसदको शुक्रबारको ब...
-
फोहर प्लाष्टिक किन्दै इलाम नगरपालिका
फिक्कल : इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरीद गर्न थालेको छ । वातावरण स्वच्छता कायम गर्नका लागि प्लाष्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो रु १५ का दरले प्लाष्टिकजन्य फोहर खरीद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । प्लाष्टिक...
-
थाहा पाईराखौं, कुन जिल्ला कहिले खुला दिसामुक्त घोषणा भएको थियो ?
काठमाडौ : अहिलेसम्म देशका ६३ वटा जिल्ला खुला दिसामुक्त घोषणा भएका छन् । सन् २०११ अर्थात २०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि नेपालमा सरसफाइ अभियानले तीब्रता पाएको हो । गुरुयोजना बन्ने समयमा ४३ प्रतिशत रहेको नेपालको सरसफाइको कभरेज अहिले ९९ प्रतिशत पुगेको छ । खुला दिसामुक्त घोषणाको बिषयलाई लिएर कहिलेकाही हाजिरी जवाफ प...
-
टेलिकमद्वारा वाग्मती सरसफाइका लागि सामग्री हस्तान्तरण
काठमाडौ : नेपाल टेलिकमले वाग्मती सरसफाइका लागि आवश्यक सामग्री उपलब्ध गराएको छ । टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १५औं बार्षिकोत्सवका अवसरमा सरसफाइ अभियानमा प्रयोग गर्न कम्पनीको लोगो अङ्कित १२५ थान वाटरप्रुफ ट्र्याकसुट, ४०० जोर गमबुट, १०० थान फोहर तान्ने सुइरोलगायत सामग्री उपलब्ध गराइएको टेलिकमका प्रवक्त...
-
Climate Resilience Water Safety Plan सम्बन्धी तालिम लिन चाहनेका लागि सुवर्ण अवसर
काठमाडौ : वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले Climate Resilience Water Safety Plan सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । यसका लागि एन्फोले विभिन्न व्यक्ति तथा संस्थाबाट आवेदन आव्हान गरेको छ । आगामी मार्च ११ देखि १४ गतेसम्म सञ्चालन हुने तालिमका लागि १ मार्च २०१९ भित्र आवेदन दिइसक्नुपर्ने एन्फोले जनाएको छ । ...
-
वाग्मतीको पानी पिउनसक्ने बनाउनुपर्छ : परराष्ट्रमन्त्री
काठमाडौ : वाग्मती सरसफाइ ३०० औं हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो । शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र खानेपानी तथा सरसफाइमन्त्री बिना मगर,सामाजिक सं...
-
सर्लाहीलाई ओडिएफ गर्न के गर्दैछन् डिभिजन प्रमुख ? (भिडियो)
काठमाडौ : प्रदेश २ का ८ जिल्ला मध्ये सिरहा, सुनसरी र रौतहट खुला दिसामुक्त भइसकेका छन् । प्रदेश २ मा खुला दिसामुक्त जिल्ला घोषणा गर्ने अब पालो सर्लाहीको हो । खुला दिसामुक्त घोषणा गर्न बाँकी बारा, पर्सा, सर्लाही, महोत्तरी र धनुषा मध्ये सर्लाहीमा सबैभन्दा कम चर्पी बन्न बाँकी छ । सर्लाहीको करिब ९८ प्रतिशत भन्दा बढी घर...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 55
- Next Page »







