दाङ : दाङको घोराही उपमहानगरपालिकाले सड्ने फोहोरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ । फोहोरबाट उर्जा उत्पादनका लागि उपमहानगरपालिकाले नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिसँग सम्झौता गरिसकेको छ । उपमहानगरपालिकाले फोहोरबाट ऊर्जा उत्पादन गर्न लगानी गर्न चाहने कम्पनीलाई गतबर्ष नै बोलपत्र माग गरेको थियो । बोलपत्रमा नेपा...
फोहोरमैला व्यबस्थापन
-
-
सिंगो बस्तीमा १ शौचालय, २ चापाकल
विराटनगर : महानगरका बासिन्दा भएर पनि वडा १६ दरैयाको ऋषिदेव बस्तीमा उज्यालो भुइँमा नखस्दै दिसा गरिसक्नुपर्ने बाध्यता छ । झिसमिसमै लोटी बोकेर झाडीतिर दौडने यहाँका ४५ परिवारको दैनिकी हो । त्यसका अलवा पिउने पानीका लागि चापाकलमा समेत लाइनमा बस्नुपर्छ । उनीहरूका लागि बिजुली बत्ती ‘आकासको फल आँखातरी मर’ भने जस्तै छ । बस...
-
चितवनमा सरसफाइ अभियान सुुरु
चितवन : भरतपुर महानगरपालिकाले विश्व सरसफाइ दिवसका अवसरमा आजबाट सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । ‘नेपाल स्वच्छ वातावरण महाअभियान २०७५’ भन्ने नाराका साथ महानगरपालिकाले आज आफ्नै भवन सफाइ गरेको हो । सोमबार शैक्षिक संस्था, मङ्गलबार सार्वजनिक संस्था तथा पार्क बुधबार धार्मिकस्थल, बिहीबार नदीनाला तथा जलाशय, शुक्रबार सह...
-
तिलोत्तमा नगरपालिकामा पूर्ण सरसफाइ अभियान, सरसफाइ कार्यान्वयन कार्यविधि लागु
रूपन्देही : रूपन्देहीको तिलोत्तमा नगरपालिकामा पूर्ण सरसफाइ अभियान सुरु भएको छ । नगरपालिकाको सहकार्यमा आनन्दवन शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले अभियान सुरु गरेको हो । मणिग्राममा प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अभियानको उदघाटन गर्नुुभयो । पहिलो चरणमा संस्थाको कार्यक्षेत्रमा झण्डै ११ हज...
-
नगरको फोहोर बटुल्दै युवा
ताप्लेजुङ : फुङलिङ बजारका घर सफा र चिरिच्याट्ट छन् । तर त्यही घर अगाडिको सडक र खाली ठाउँ भने फहोरको थुप्रोले भरिएका र दुर्गन्धित छन् । स्थानीय र यात्रुले जथाभावी फोहोर फाल्दा बजारको शोभा नै हराएको छ । अहिले यही बजार क्षेत्र सरसफाइ गर्न युवाहरू अभियानै बनाएर जुटेका छन् । समयको सदुपयोग गर्दै सदरमुकाम फुङलिङका युवा बजा...
-
महिला मञ्च नेपालले फोहोर व्यवस्थापनमा हात हाले
बुटवल : बुटवल उपमहानगरपालिकाले शुरु गरेको बुटवल–तिनाउ सरसफाइ अभियानमा सहकार्य गर्दै महिलाले रचनात्मक कामको थालनी गरेका छन् । महिला मञ्च नेपाल रुपन्देहीले उपमहानगरसँग सहकार्य गर्दै नकुहिने फोहरको व्यवस्थापनका लागि अभियान शुरु गरेका हुन् । बुटवल–१२ र १३ बाट नकुहिने फोहर सङ्कलन गर्दै महिलाले शुरु गरेको यो अभियान जिल्ला...
-
प्लास्टिक झोला प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश
काठमाडौ : सर्वोच्च अदालतले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय मीरा खड्का र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज वन तथा वातावरण मन्त्रालयलको नाममा सो अन्तरिम आदेश जारी गरको हो । आदेशमा भनिए...
-
हेटौंडाको फोहोर व्यवस्थापनको मोडल : गुणमा आधारित बर्गीकरण, बारमा आधारित संकलन
मकवानपुर : फोहोरमैला व्यवस्थापनको काम हरेक नगरपालिकाहरुका लागि चुनौतीपूर्ण बन्दै गएको बेला कतिपय नगरपालिकाले फोहोरमैलालाई स्रोतको रुपमा उपयोग गरिरहेका छन् । यस्तै नमुना मध्येमा पर्छ, मकवानपुरको हेटौंडा उपमहानगरपालिका । फोहोरको उचित व्यवस्थापन गरेबापत तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट पटक पटक पुरस्कृत...
-
छतबाट फोहोर फाल्न खोज्दा सडकमा खसेर मृत्यु
नुवाकोट : घरको छतबाट फोहोर फाल्न खोज्दा सडकमा खसेर एक महिलाको मृत्यु भएको छ । छतबाट फोहोर फाल्ने क्रममा विदुर नगरपालिका – १ ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको ज्यान मृत्यु भएको हो । फोहोर संकलन गर्ने गाडी आएपछि उहाँ फोहोर फाल्न घरको छतमा चढ्नुभएको थियो । छतको कुर्सीमा चढेर फोहोर फाल्न खोज्दा चिप्लिएर सडकमा खसेको...
-
कमलामाई नगरपालिका प्लाष्टिकको बोतल किन्दै
सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकाले प्लास्टिकजन्य फोहोर किन्ने भएको छ । नगरपालिकाकाले एउटा खानेपानीको खाली बोत्तलको ५० पैसा, चाउचाउ, चक्लेटका खोल लगायत अन्य प्लास्टिकजन्य फोहोर किलोको ५० रुपैयाँमा किन्ने जनाएको छ । फोहोर किन्नका लागि नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर नागरिकसँग आग्रह गरेको छ । नगरपालिक...








