सिपाडोल खानेपानीद्वारा जगाती प्रहरी वृत्त पुनःनिर्माणका लागि डेढ लाख सहयोग

  वास खबर सम्बाददाता  280 पटक हेरिएको

भक्तपुर : भक्तपुरको सिपाडोल बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जगाती प्रहरी वृत्त भक्तपुरलाई एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ। खानेपानीका अध्यक्ष तुल्सीनारायण लाखेमरुले जगाती प्रहरी वृत्त पुनर्निर्माण समितिका अध्यक्ष कृष्णराम जाकिबञ्जारलाई सो रकम बराबरको चेक प्रहरी वृत्तमै हस्तान्तरण गर्नु भएको हो।

गत भदौ २३ र २४ गते जेन्जी पुस्ताले गरेको आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी वृत्त पुनःनिर्माणका लागि सिपाडोल बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आर्थिक सहयोग गरेको अध्यक्ष लाखेमरुले बताउनुभयो। यो रकम ठूलो होइन तर यसले स्थानीय जनता र प्रहरी बीच स्थापना गर्ने सुमधुर सम्बन्ध ठूलो कुरा हो अध्यक्ष लाखेमरुले भन्नुभयो। सहयोग रकम हस्तान्तरण कार्यक्रममा खानेपानी समितिका पदाधिकारीहरू पनि उपस्थित थिए।

जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त पनि जलेर क्षति पुगेको थियो। त्यही क्षति पुननिर्माणका लागि अहिले सहयोग संकलन भइरहेको छ। सहयोगका लागि स्थानीय कृष्णराम जाकिबञ्जारको अध्यक्षमा उपभोक्ता समिति बनेको थियो। त्यही समितिले सहयोग संकलन गरी वृत्त भवन पुनर्निर्माण गर्ने तयारी गरिरहेको प्रहरी वृत्त जगातीले जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार