• मेलम्चीको पानी कसरी आउँछ ? आगामी दशैंसम्ममा ‘काठमाडौ’

    काठमाडौ २७ जेठ । खन्न बाँकी सुरुङको लम्बाइ — ३ हजार ९५ मिटर, दैनिक खनिने सुरुङको लम्बाइ सालाखाला १५ मिटर, खन्न लाग्ने समय — २ सय ६ दिन अर्थात ६ महिना भन्दा बढी । दशैंको दशमी तिथि असोज १९ गते अर्थात दशैंमा काठमाडौको खानेपानी ल्याउने हो भने चार महिना पनि बाँकी छैन । यसकारण मेलम्चीको पानी काठमाडौबासीले दशैंमा पिउन असम्भव ...

  • काठमाडौ उपत्यकामा ५ सय ८५ किलोमिटर पाइप बिछ्याइयो, मेलम्चीले बगाउला भन्ने त्रास

    काठमाडौ २६ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । उपत्यकावासीलाई असोजभित्र खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । उपत्यकाभित्र पानी पु-याउनका लागि ६७० किलोमिटर पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ५८५ किमी क्षेत्रमा पाइप बिच्छ्याइसकिएको मेलम...

  • मन्त्रालयबाट विदाइ हुदै गर्दा के भने खानेपानी तथा सरसफाइ मन्त्री र राज्यमन्त्रीले ?

    काठमाडौ २३ जेठ । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले मेलम्ची आयोजना समयमै सक्न मेलम्ची सँग सम्बन्धित सबै पक्षलाई ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको छ । मन्त्रालयले आज मन्त्री तथा राज्यमन्त्रीको बिदाइका लागि आयोजना गरेको कार्यक्रममा तोकिएकै समयमा मेलम्ची आयोजना सक्न सम्बन्धित कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले स...

  • खोला धाउँदा स्कुल गायल

    सुर्खेत २१ जेठ । झिसमिसे बिहानीमै ब्युँझिन्छन् उनी । रित्तो गाग्री र डोको बोकेर खोलातिर लाग्छन् । जाँदा एक घन्टा लाग्छ । तर फर्कंदा गाग्रीभरि पानी र उकालो बाटो भएकाले डेढ घन्टा लाग्छ । बिहानभरको समय पानी ओसार्दैमा बित्छ । उनी विद्यालय जान भ्याउँदैनन् । उनी अर्थात् पश्चिम सुर्खेतको छाप्रेका ११ वर्षीय नवीन देउवाको दैनिकी...

  • मेलम्चीको सुरुङ खन्न अब ३१ सय ९४ मिटर बाँकी

    काठमाडौ २० जेठ । आगामी दशैसम्ममा मेलम्चीको पानी काठमाडौमा ल्याउने योजनाका साथ काम भईरहेको मेलम्ची खानेपानीको सुरुङ खन्न अझै ३१ सय ९४ मिटर खन्न बाँकी रहेको छ । गत मे महिनामा ४ सय ३० मिटर सुरुङ खनेको र दैनिक सालखाला १५ मिटरको दरले सुरुङ खन्ने काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका उप कार्यकारी निर्देशक रमाकान्त दुवाड...

  • अछामको बीरपथमा घर घरै फिल्टर

    अछाम २० जेठ । सरसफाइ तथा स्वच्छता कक्षामा महिला स्वास्थ्य स्वयं सेविकाले पानीलाई फिल्टर गरेर शुद्धीकरण गर्न सकिन्छ भन्ने कुरा गर्दा अछामको बीरपथ गाउँका दिदीबहिनी अक्क न बक्क भएका थिए । शहरतिर आउजाउ गर्नेले भने फिल्टर देखेको र अब आफ्नै घरमा पनि प्रयोग गर्ने बताउँथे । तर त्यसबेला फिल्टरको नाम सुन्दै छक्क पर्ने दिदीबहिनील...

  • पानी पिउन नपाउँदा ४४ जना आप्रवासीको मृत्यु

    नाइजर १८ जेठ । उत्तरी नाइजरको मरुभूमि क्षेत्रमा पानी पिउन नपाउँदा ४४ जना आप्रवासीको ज्यान गएको छ । सबसाहारा क्षेत्रमा गाडी बिग्रिएर अलपत्र परेका बालबालिका, महिला सहित ४४ जना आप्रवासीको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् । अगादेजका नगर प्रमुख रिस्सा फेल्टोका अनुसार सबसाहरन क्षेत्रबाट लिबियाका लागि हिँडेका उनीहरुको ...

  • खानेपानी र सरसफाइ क्षेत्रमा सुशासन : यस्तो छ, अरु देशले गर्दै आएको अभ्यास

    काठमाडौ १९ जेठ । खानेपानी तथा सरसफाइ आयोजनाहरुको भौतिक पूर्वाधार निर्माणमा मात्र सबैजसोको ध्यान गइरहेका बेला खानेपानी, सरसफाइ र  स्वच्छता क्षेत्रमा विभिन्न देशले अपनाउदै आएको पारदर्शिता, जवाफदेहिता र सहभागिता (सुशासन) सम्बन्धी अनुभव आदानप्रदान गरिएको छ । काठमाडौमा भएको Multi country Water Integrity Learning Event कार्य...

  • काठमाडौ उपत्यकाका नेवार समुदाय इनार, कुवा सरसफाइ गरी सिठी नखः पर्व मनाउदै

    काठमाडौ १७ जेठ । काठमाडौँ उपत्यकाका नेवार समुदायले आज ‘सिठी नखः’ पर्व मनाइरहेका छन् । यो पर्व हरेक वर्ष जेष्ठ शुक्ल षष्ठीका दिन इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै घर आँगन सरसफाइ गरेर मनाइन्छ । यो पर्व लिच्छवीकालीन समयदेखि नै सुरु भएको जनविश्वास छ । नेवार समुदायभित्र पनि हिन्दु तथा बौद्ध धर्मावलम्बीले समेत सि...

  • नयाँ बजेटमा खानेपानीका लागि २९ अर्ब २७ करोड बजेट विनियोजन, सरसफाइलाई उपेक्षा

    काठमाडौ १६ जेठ । सरकारले आर्थिक बर्ष २०७४/०७५ मा खानेपानी तथा सरसफाइ क्षेत्रका लागि २९ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा आर्थिक बर्ष २०७४/०७५ को बजेट प्रस्तुत गर्दै बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाका लागि ६ अर्ब ५७ करोड रुपैयाँ र आधारभूत खानेपानी सेवाको पहुँच नपुगेका १३ ...