बाँके : नेपालगञ्ज उपमहानगरपालिकाका वडा कार्यालयहरुले आफ्नो परिधिभित्र उत्पादित फोहोर आफै व्यवस्थापन गर्ने भएका छन् । निजी संस्थासँग मिलेर फोहोर व्यवस्थापन गर्दा जनगुनासो बढेपछि वडा कार्यालयहरुले नै ट्याक्टर किनेर फोहोर व्यवस्थापन गर्ने तयारी गरेका हुन् । वडाभित्र उत्पादित फोहोरलाई वडा कार्यालयले नै व्यवस्थापन गर्ने अव...
फोहोरमैला व्यबस्थापन
-
-
गाडीमा डस्टविन राख्ने नियम रिहर्सलमै सीमित, एक बर्ष हुँदा पनि कार्यान्वयनमा आएन
काठमाडौं : गाडीमा अनिवार्य डस्टविन राखी फोहोरजन्य वस्तुको व्यवस्थापन गर्नुपर्ने र सार्वजनिक गाडीको झ्यालबाट थुक्न र फोहोर फ्याँक्न नपाइने नियम रिहर्सलमै सीमित भएको छ । फोहोरमैलालाई नियन्त्रण एवं व्यवस्थित गर्न प्रत्येक सार्वजनिक यातायातका साधनमा तोकिएको गुणस्तर बमोजिमको पोलिथिन थैलो वा डस्टविन अनिवार्य राख्नुपर्ने नियम...
-
काठमाडौ महानगरपालिकाले क्लिन द सिटी, ग्रीन द सिटी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने
काठमाडौ : काठमाडौ महानगरपालिकाले क्लिन द सिटी र ग्रीन द सिटी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने भएको छ । यस कार्यक्रम अन्तर्गत हाल फोहोर उत्पादन स्थलबाट सार्वजनिक स्थानमा नफाली सीधै फोहोर उठाउने गाडीमा संकलन गर्ने गरिएको, सडकमा रहेको धुलो उठाउने तथा पखाल्ने, सडक किनारा तथा ट्राफिक आइल्याण्डहरुमा हरियाली प्रबद्र्वन गर्ने...
-
चुनावको प्रचार सामग्री हटाउन महानगरको अनुरोध
काठमाडौ : काठमाडौ महानगरपालिका र ललितपुर महानगरपालिकाले चुनवाका समयमा प्रचार प्रसारका लागि महानगर क्षेत्रभित्र टाँगेका तुल, ब्यानर, पोष्टर, पम्प्लेट हटाउन सम्बन्धित दल तथा स्वतन्त्र उम्मेदवारलाई आग्रह गरेको छ । निर्वाचन प्रचारप्रसारको बेला टाँसेका पर्चा, पम्पलेट, टाँगेका तुल ब्यानर वा भित्तामा लेखिएका सामग्रीले शहरको ...
-
सुर्ती र गुट्खाका खोल ल्याउनेलाई पुरस्कार
काठमाडौ : मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने अब नफाल्नुहोस् । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । उपत्यकामा चलिरहेको चक्रपथ सफाइ अभियानका तर्फबाट मोबाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए रु ५० र सुर्ती एवं गुट्खाका खोल ५०० वटा ल्याए रु १०० दिने घोषणा गरिएको छ । आज मोबाइल रिचार्जका ...
-
धुलोका कारण पाइप बिच्छ्याउन बाँकी हुँदै सडक कालोपत्र शुरु
काठमाडौ : मेलम्चीको पाइप बिछ्याउन खनिएको सडकका पाइप परीक्षण नहुँदै धुलोले कुहिरीमण्डल भएपछि कालोपत्र गर्न थालिएको छ । पाइप बिच्छ्याउन एक वर्षअघि खनिएको सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या थियो । पाइप परीक्षण सफल भएपछि कालोपत्र गरिनुपर्नेमा उपत्यकाका मुख्य सडकमा आवतजावत गर्न समस्या ...
-
मतदान स्थललाई यसरी बनाऔं, सफा र स्वच्छ
काठमाडौ : प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि दोस्रो चरणको चुनावमा ४५ जिल्लामा मतदान भइरहेको छ । विहान सात बजेदेखि मतदान शुरु भएको हो । निर्वाचन आयोगका अनुसार साँझ ५ भित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउनेछन् । दोस्रो चरणको चुनावमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेससभा स...
-
फुटेको ढल तीन महिना पछि व्यवस्थापन
काठमाडौ : काठमाडौको पुरानो बसपार्क क्षेत्रमा फुटेको ढल तीन महिनापछि काठमाडौ महानगरपालिकाले व्यवस्थापन गरेको छ । ढल फुटेर दुर्गन्धित भएको खबर विभिन्न सञ्चार माध्यममा प्रसारण भएपछि खुलामञ्च नजिकै फुटेको ढल व्यवस्थापन गरिएको हो । ढल फुटेर मूल सडकमा खोला झै बगेको तीन महिना भन्दा बढी हुँदा महानगरपालिकाले बल्ल ढल व्यवस्थापन...
-
चुनावका दिन सडकमा फोहोर नथुपार्न महानगरपालिकाको आग्रह
काठमाडौं : काठमाडौं महानगरपालिकाले चुनाव हुने दिन मंसिर २१ गते फोहोर बाहिर ननिकाल्न आग्रह गरेको छ । चुनावका दिन फोहोर संकलन गर्ने जनशक्ति र सवारी साधन तथा उपकरण परिचालन गर्न कठिन हुने भएकाले फोहोर बाहिर नफ्याँक्न र नथुपार्न आग्रह गरेको हो । महानगरले चुनाव पछि आउने गाडीमा मात्र फोहोर जिम्मा लगाउन आग्रह गरेको छ । चुनावका...
-
डम्पिङ साइटमा कारागार बन्ने भएपछि फोहोर व्यवस्थापनमा चुनौती
नुवाकोट : नुवाकोटको सदरमुकाम विदुरको फोहोर विसर्जन गर्दै आएको ठाउँमा केन्द्रीय कारागार भवन बनाउने भएपछि फोहोर व्यवस्थापनको लागि समस्या भएको छ । अहिलेको डम्पिङ साइटमा कारागार भवन बनाउनुपर्ने भएकाले वैकल्पिक व्यवस्था गर्न कारागार व्यवस्थापन विभागको पत्र प्राप्त भएको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताउनुभ...

