• फोहोरबाट आक्रान्त सिसडोलबासीको समस्या प्रधानमन्त्रीलाई दर्शाउछु : सांसद तामाङ

      नुवाकोट, सिसडोल : नुवाकोटको निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद हित बहादुर तामाङले काठमाडौको फोहोरबाट आक्रान्त सिसडोलबासीको समस्यालाई प्रधानमन्त्री समक्ष पुर्‍याईने बताउनुभएको छ । यसअघि संसदको विकास तथा प्रविधि समितिले गरेको अनुगमनको निष्कर्ष प्रधानमन्त्री कार्यालयसम्म पुर्‍याए पनि ...

  • सैनामैनामा प्लाष्टिक झोलाको प्रयोगमा बन्देज लगाउने तयारी

    बुटवल : रुपन्देहीको सैनामैना नगरपालिकाले प्लाष्टिकजन्य पदार्थको प्रयोगमा बन्देज लगाउने तयारी गरेको छ । प्लाष्टिक निषेध क्षेत्र घोषणा गर्ने विषयमा नगरभित्रका राजनीतिक दल, व्यवसायी र सामाजिक संघसंस्था एवं स्थानीयले सहयोग गर्ने ऐक्यवद्धता जनाएका छन् । शुक्रबार नगरपालिकाले प्लाष्टिकजन्य पदार्थ निषेध सम्बन्धी अभिमुखी...

  • फोहोरको गाडी पछ्याउँदै सिसडोल ल्याण्डफिल पुग्दा…

    नुवाकोट : काठमाडौ उपत्यकाबाट दैनिक ट्रकका ट्रक ओसारिने फोहोर कसरी विसर्जन गरिदो हो ? फोहोरबाट प्रभावित बासिन्दाको अवस्था कस्तो होला ? फोहोरले भरिएको सिसडोलमा अब फोहोर बिसर्जन गर्न सम्भव होला ? यीनै प्रश्नहरुको जवाफ खोज्न हामी काठमाडौंबाट फोहोरको गाडीलाई पछ्याउँदै ‘सिसडोल ल्याण्डफिल साईड’ पुग्यौं । चिया पसलमा माहुर...

  • सिसडोल ल्याण्डफिलमा जे देखियो : हेर्नुहोस् १५ फोटोमा

      काठमाडौ : काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गरिँदै आएको सिसडोल ल्याण्डफिल्ड साइड लगभग भरिएको छ । सुरुमा २ बर्षका लागि २०६२ सालमा फोहोर विसर्जन गर्न थालेको सिसडोल ल्याण्डफिलमा अहिले पनि दैनिक १ हजार देखि ११ सय टन फोहोर विसर्जन गर्दै आएको छ । सिसडोल ल्याण्डफिल साईडको विकल्पमा बन्चरेडाँडामा अर्को ल्...

  • फोहोर संकलनको नयाँ तरिका : जहाँ गीत बजाए पछि फोहोर लिएर सडकमा भेला हुन्छन्

      भक्तपुर : घरबाहिर कसैले सिटी बजाउनेबित्तिकै फोहोरको गाडी आयो भन्ने संकेत गर्छ  । सिटी बजेपछि हतारिँदै केहीले फोहोर लगेर बाहिर थुपार्छन्, केहीले आफैं गाडीमा फ्याँक्छन्  । मध्यपुर थिमि नगरपालिकाको भित्री बस्तीमा भने फोहोर लिन जाँदा न गाडीको हर्न बजाइन्छ न त फोहोर उठाउनेले सिटी नै फुक्छन् । हरेक मंगलबार ब...

  • सरसफाइमा उत्कृष्ट हिलेका होटलमा दुई तारे स्टिकर

      धनकुटा : धनकुटाको हिलेका विभिन्न ५ वटा होटलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाले गुणस्तर स्तरीकरण स्टिकर टाँस गरेको छ । हिलेको निगाले होटल एण्ड लज, गजुर होटल, लेकाली होटल, होटल हिले भ्यू र होराईजन रिसोर्टमा गुणस्तर स्तरीकरण स्टिकर टाँस गरिएको हो । होटल सरसफाइ एवम् व्यवस्थापनका हिसावले...

  • यती एयरलाइन्सले हटायो प्लाष्टिक कप

      काठमाडौ : यती एयरलाइन्सले आफ्ना सबै विमानमा प्लास्टिक कप प्रयोग गर्न बन्द गरेको छ । यात्रुलाई पानी तथा पेय पदार्थ दिन प्रयोग भइरहेको प्लास्टिक कप हटाएर एयरलाइन्सले कागज कप प्रयोगमा ल्याएको हो । यती एअरलाइन्स नेपालमा कार्बन न्युट्रल अभियान सुरुवात गर्ने पहिलो र एक मात्र हवाई कम्पनी भएकाले विमानमा प्रयोग भइ...

  • फोहोरबाट ग्यास उत्पादन गरी पाइपलाइनबाट वितरण गर्ने तयारी

      धरान : धरान उपमहानगरपालिका–६, पानबारीमा फोहोरबाट ऊर्जा उत्पादनका लागि प्लान्टको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । उपमहानगरले फोहोरमैलालाई व्यवस्थापन गर्दै बायोग्यास उत्पादन गर्न निजी कम्पनीसँगको साझेदारीमा प्लान्ट निर्माण गरेको हो । प्लान्टबाट निस्किने ग्यास पाइपलाइनबाट पानबारीका स्थानीयलाई वितरण गर्न...

  • घरेलु फोहोरको छतमै व्यवस्थापन, कौसीमै २ सय किलो तरकारी उत्पादन

    कास्की : पोखराको शिवालय चोककी सरस्वती थापाको भान्छाबाट उत्पादित फोहोर घरबाहिर कतै पठाउनु पर्दैन । जब उहाँले फोहोर फाल्ने वस्तु नभई पाल्ने वस्तु हो भन्ने थाहा पाउनुभयो, त्यसदिन देखि उहाँले फोहोरलाई स्रोतको रुपमा प्रयोग गर्न थाल्नु भएको हो । अहिले उहाँको छतमा लहलहाउँदा हरेक जातको तरकारी फलेका छन् । उहाँले बर्ष दिनमा २ सय...

  • साप्ताहिक सरसफाइ भईरहेको स्थानमै बोराका बोरा फोहोर

      काठमाडौ : काठमाडौको तीनकुनेमा विगत केही हप्ता यता साप्ताहिक सरसफाइ अभियान जारी छ । हरेक बिहीबार विहान ७ बजेदेखि ९ बजेसम्म हुने सरसफाइ अभियानले चौथो हप्ता पार गरेको छ । तर चौथो हप्ताको सरसफाइ अभियान सञ्चालन गर्न पुगेका सरसफाइ अभियन्ता त्यत्तिबेला दुःखी बने, जत्तिबेला बोराका बोरा फोहोर भेटिए । र पनि अभियन्त...