• खानेपानीमन्त्रीद्वारा भक्तपुरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास

      भक्तपुर : ४६औं विश्व वातावरण दिवसको अवसमा खानेपानी मन्त्री बिना मगरले भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित गणेश मन्दिरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास गर्नुभएको छ । हनुमन्ते नदी सफाई अभियानले गणेश मन्दिर परिसरमा आयोजना गरेको वृक्षारोपण एवं पार्क शिलान्यासको खानेपानी मन्त्री मगरबाट शुभारम्भ गरिएको...

  • ‘सरसफाइको लागि मानव साङलो’ निर्माणको तयारी अन्तिम चरणमा

      काठमाडौ : गोदावरी खोला साप्ताहिक सरसफाइ अभियान मानव साङ्लो निर्माण गर्ने अन्तिम तयारीमा जुटेको छ । राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा मानव साङ्लो निर्माण गरी सरसफाइ प्रति ऐक्यबद्धता जुटाउने उद्देश्यले गोदावरी खोला सरसफाइ अभियानले मानव साङ्लो निर्माण गर्न लागेको हो । यसको तयारी स्वरुप गोदावरी कुण्डदेखि बा...

  • यी हुन् राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा केन्द्रमा हुने कार्यक्रमहरु

    काठमाडौ : राष्ट्रिय सरसफाइ सप्ताह भोलि (बुधबार) देखि सुरु हुँदैछ । हरेक बर्ष जेठ २२ देखि २८ गतेसम्म मनाईदै आएको राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा यसबर्ष आयोजना गरिने कार्यक्रमहरु यस अघि नै तय भइसकेका छन् । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले जिल्ला स्तर देखि वडा तथा टोल सम्म पनि सरसफाइ तथा स्वच्छता...

  • अवलोकन भ्रमणपछि फोहोर व्यवस्थापनका लागि तातियो नगरपालिका

    दार्चुला : दार्चुलाको महाकाली नगरपालिकाले धनकुटाको धनकुटा नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिकाको सरसफाइ व्यवस्थापनको अवलोकनपछि सरसफाइ केन्द्र निर्माणको काम थालनी गरेको छ । अवलोकन भ्रमण गरेको झण्डै छ महीनापछि नगरपालिकाले जिल्लामा सरसफाइ केन्द्र निर्माणको काम थालनी गरेको हो । गत मङ्सिरमा सरसफाइमा देशकै अब्बल ठहरिएका...

  • यसरी मनाऔं सरसफाइ सप्ताह, वास समन्वय समितिहरुलाई सचिवालयको निर्देशन

      काठमाडौ : राष्ट्रिय सरसफाइ सप्ताह २०७६ मनाउन राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले सबै तहका वास समन्वय समिति (वाससीसी) हरुलाई परिपत्र गरेको छ । समितिले विभिन्न कार्यक्रमको ढाँचा समेत संलग्न राखेर सरसफाइ सप्ताह मनाउन पत्राचार गरिएको हो । नेपालमा सन् २००० देखि जेठ २२ देखि २८ सम्मको अवधिल...

  • यस्तो रह्यो, चाँगुनारायण नगरपालिकाको सातौ हप्ताको सरसफाइ

    भक्तपुर : चाँगुनारायण नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) ले सुरु गरेको साप्ताहिक सरसफाइ कार्यक्रम अन्तर्गत आज वडा नं. ५ को छालिङमा सरसफाइ गरिएको छ । भक्तपुर जिल्ला समन्वय समितिका अध्यक्ष प्रमुख एवं जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नवराज गेलालको प...

  • सगरमाथाबाट संकलन गरियो ४ शव र ११ टन फोहोर

      सोलुखुम्बु : सगरमाथा सफाइ अभियानले बर्षौ पुरानो ४ वटा शव र ११ टन फोहोर संकलन गरिएको छ । १२ जनाको टोलीले एक महिनासम्म गरेको सफाइबाट यत्ति धेरै फोहोर संकलन गरिएको हो । संकलित फोहोर मध्ये चार टन फोहोर पुनः प्रयोगको लागि ‘डोको रिसाइक्लिङ’ले काठमाडौं ल्याएको छ भने बाँकी फोहोर नेपाली सेनाको ब्यारेक नाम्चेमा राख...

  • एमवाससीसी चाँगुनारायणको अगुवाईमा सुरु भएको सरसफाइ छैटौं हप्तामा

      भक्तपुर : चाँगुनारायण नगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाईमा सुरु भएको बृहत सरसफाइ एवं जनचेतनात्मक कार्यक्रम छैंटौं हप्तामा प्रवेश गरेको छ । छैटौं हप्ताको कार्यक्रममा चाँगुनारायण नगरपालिकाको वडा नं.१ को सरस्वती टोलमा सफाइ गरिएको छ । चाँगुनारायण नगरपालिकाका वास फोकल पर्सन रामेश...

  • -याफ्टिङ व्यवसायी भोटेकोशी सफाइका लागि उत्रिए

    काठमाडौ : -याफ्टिङका लागि सुप्रसिद्ध भोटेकोशी क्षेत्र सरसफाइका लागि स्थानीय पर्यटन व्यवसायी जागरुक भएका छन् । अव्यवस्थित बजारका कारण फोहोर तथा ढल समेत नदीमै मिसाएपछि सरसफा अभियान चलाइएको हो । -याफ्टिङका लागि प्रसिद्ध खाडीचौर देखि सुकुटेसम्मको नदी क्षेत्रलाई फोहोरमुक्त बनाउन हरेक हप्ता अभियान सुरु गरिएको सिन्धु पर्...

  • रानीमहलको बृहत सरसफाइ

    पाल्पा : पाल्पा जिल्लास्थित प्रेमको प्रतीक रानीमहलको बृहत् सरसफाइ गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका रुपमा परिचित रानीमहललाई थप आकर्षक बनाउन नेपाली सेना गोरखदल गणका ४० भन्दा बढी सैनिक जवान, तानसेन नगरपालिका सरसफाइ शाखा, डिभिजन वन कार्यालय, रानीमहलको सुरक्षार्थ खटिएको प्रहरी लगायत सरसफाइमा सहभागी भएका थिए । ...