सिन्धुपाल्चोक : एउटी छात्रालाई ३/४ दिन विद्यालयमा नदेखेपछि शिक्षकले विद्यालय नआउनुको कारण सोध्छन् । ती छात्राले डराउँदै महिनावारी भएका बेला असहज हुने गरेकोले विद्यालय नआएको जवाफ दिन्छिन् । शिक्षक : महिनावारी हुनु भनेको किशोरी वा महिला सन्तान उत्पादनका लागि परिपक्व हुँदैछिन् भन्ने सँकेत हो । तिमि हरेक पटक महिनावार...
Featured News
-
-
नगरपालिकाका कर्मचारीले भने ‘यस्तो प्रशोधन केन्द्र युरोपमा देखेको थिएँ, यहाँ पनि हेर्न पाएँ’
काठमाडौ : ‘केही बर्ष पहिले युरोप भ्रमणका क्रममा मैले यस्तै दिसाजन्य लेदो प्रशोधन केन्द्र हेरेको थिएँ, आज यहाँ पनि हेर्न पाएँ’ ललितपुरको महालक्ष्मीस्थान नगरपालिकामा सञ्चालित दिसाजन्य लेदो प्रशोधन केन्द्र हेरेपछि काठमाडौ महानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी नरेन्द्र बज्रचार्यले आफूलाई नेपालमा यो प्रविधि भित्रिईसकेको...
-
सरसफाइ गरेको भए मेरो छोरो मै सित हुने थियो
डडेलधुरा : त्यो दिन डडेलधुरामा सरसफाइ र स्वच्छताको महत्वबारे अभिमुखीकरण कार्यक्रम भइरहेको थियो । सरसफाइ र स्वच्छताका बिषयमा व्यापक छलफल भईरहँदा पनि कुनामा एक जना व्यक्ति एकनासले टोलाईरहनुभएको थियो । उहाँ हुनुहुन्थ्यो,, कोटेली–१, डडेलधुराका ५० वर्षिय बहादुर भुल । बहादुरलाई अरु केही नभई छोराको याद आएको रहेछ । ...
-
मेलम्चीको पानी झनै अनिश्चित
काठमाडौ : कहिले २०७४ को वैशाख १ गते विहान ५ बजे, कहिले दशैं अघि, कहिले तिहारपछि त कहिले चैत मसान्तभित्र काठमाडौं आईपुग्छ भनेर आश्वासन दिदै आएको मेलम्चीको पानी अब कहिले आउने भन्ने अनिश्चितता थपिएको छ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको इटालियन कम्पनी सीएमसीले अन्तिम अवस्थामा आएर ठेक्का तोडेपछि मेलम्ची...
-
एउटा काकाकुल गाउँको कथा : राजा गए, पानी सुक्यो’
डडेलधुरा : गाउँमा राजा आए, खानेपानी योजनाको उद्घाटन गरे । उनी गाउँबाट नफर्कंदै धारामा पानी सुक्यो । धेरैले पछि मात्र थाहा पाए, राजालाई देखाउन मात्र धारो बनाइएको रहेछ । एक घण्टा पैदल दूरीबाट गाग्रीमा पानी ल्याएर ट्यांकी भरिएछ । त्यो धारामा अहिलेसम्म पनि थोपै चुहिँदैन । गाउँको खबर यस्तै छ । ०४२ मा तत्कालीन राजा ...
-
छाउ नबार्ने महिलालाई सम्मान
बझाङ : जिल्लाका अधिकांश गाउँमा महिनावारी भएका महिलालाई गरिने विभेद अझै यथावत् नै छ । कतिपय गाउँ छाउगोठ मुक्त घोषणा गरिए पनि महिलाहरू पाल टाँगेर छाउपडी बार्ने गरेका छन् । तर कुनै–कुनै गाउँका महिलाले साहसपूर्वक छाउपडी प्रथाको विरोध पनि गर्न थालेका छन् । यसरी अन्धविश्वास तोड्न साहस गर्ने महिलालाई विभिन्न संघसंस्था...
-
वास क्षेत्रमा अक्सफाम र साझेदार संस्थाको सहयोग : १२ हजार जनसंख्या लाभान्वित
सिन्धुपाल्चोक : स्वस्थानी सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिका स्थित सेतीदेवी पञ्चकन्या माविको कक्षा १० मा अध्ययनरत छिन् । महिनावारी भएको समयमा हाजिर नहुने सापकोटा अहिले कहिल्यै गयल हुँदिनन्, उनी मात्रै होईन महिनावारी सुरु भएका अन्य छात्राहरु कसैले पनि गयल हुनु परेको छैन । विद्यालयमा छात्रामैत्री शौचालय निर्मा...
-
राष्ट्रिय सरसफाइ समन्वय समितिको टोली मोरङका गाउँमा
विराटनगर : प्रदेश राजधानी रहेको मोरङ जिल्ला खुल्ला दिसामुक्त हुन नसक्दा सिंगै प्रदेश खुल्ला दिसामुक्त हुन नसकेपछि यहाँको सरसफाइ अभियान देशकै चासोको विषय बनेको छ । प्रदेश नं. १ मा खुल्ला दिसामुक्त अवस्था हासिल गर्न बाँकी दुई जिल्लामध्ये झापा जिल्ला मंसीर २८ गते खुल्ला दिसामुक्त घोषणा गर्ने गरी तयारीका काम भैरहँदा राष...
-
सरसफाइ सम्बन्धी ज्ञान फैलाउँदै विद्यार्थी
बर्दिया : पछिल्लो समयमा विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु आफ्नो घर समुदायमा सरसफाइको सन्देश फैलाउन विभिन्न क्रियाकलाप गर्न थालेका छन् । आफ्नो घर समुदाय र विद्यालय सफा र स्वच्छ हुनुपर्छ भन्दै १८ औ विश्व शौचालय दिवसको अवसरमा बालबालिकाहरुले र्याली सहित विभिन्न कार्यक्रम गरेका हुन् । समाज परिवर्तन गर्नका लागि विद...
-
काठमाडौमा एम्फील होल्डरका तीन शौचालय
काठमाडौ : शैक्षिक योग्यता, एम्फील । काम : बिहान प्राध्यापन, दिउँसो सहकारी र अपरान्ह शौचालयको रेखदेख । एमफील होल्डर ऋषि गर्तौलाको सामान्य दैनिकी यसरी नै चल्दै आएको छ । अरुले छिछीदुरदुर गर्ने शौचालयमा उहाँले हात हालेको दुई बर्ष वितिसक्यो । उहाँले अहिले काठमाडौको खुलामञ्च, शंखपार्क र रत्नपार्कको शौचालय सञ्चालन गर्द...










